आरोपितलाई रिहा गर्ने न्यायधीशमाथि छानविन सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 02:45:03 PM मा प्रकाशित

laxmi  sunrise bank

युवाहरुलाई रोजगारीका लागि मलेसिया पठाउने क्रममा ठगीको अभियोग लागेकालाई सफाइ दिने न्यायधीशमाथि छानविन हुने भएको छ ।  ठगीको अभियोग लागेका भिएलएनका सञ्चालक राम श्रेष्ठलाई सफाइ दिई रिहा गर्न आदेश दिएका ललितपुर जिल्ला अदालतका न्यायधीश विश्वमंगल आत्रेयमाथि छानविन हुने भएको हो  । 

सोमबार बसेको न्यायपरिषदको बैठकले जिल्ला अदालतमा भीएलएनको बिषय सुनुवाई हुँदा गडबडी भएको निष्कर्ष निकालेको हो । यस सम्बन्धमा छानविन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन बैठकले सर्वोच्चका न्यायधीश आनन्दमोहन भट्टराईलाई जिम्मा दिएको छ ।  प्रधान न्यायाधीश चोलेन्द्रशमसेर जबराले न्यायाधीशमाथि निगरानी राख्न गठन गरेको संयन्त्रको प्रतिवेदनपछि उनलाई यस अघि नै सचिवालयमा तानिएको छ  ।

प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराले पद सम्हालेपछि गलत मनशायले फैसला गर्ने न्यायाधीसमाथि छानविन सुरु गरेका हुन् । प्रधान न्यायाधीशको कार्यभार सम्हालेलगत्तै राणाले न्यायाधीश उपर आउने गुनासा, टीका टिप्पणी सम्बन्धमा तत्काल सम्बोधन गर्ने गरी न्यायिक अनुगमन तथा निगरानी संयन्त्र बनाएका थिए । सो संयन्त्रबाट आवश्यक अनुगमन, निगरानी गर्ने, प्रतिवेदन लिने र आवश्यक प्रक्रिया अबलम्बन गर्ने राणाले बताएका थिए ।

यस क्रममा प्रधानन्यायधीश जबराले उच्च अदालत विराटनगरका मुख्य न्यायधीशलाई नै कारबाही गरेका छन्  । सोमबार बसेको न्यायपरिषदको बैठकले बिराटनगर उच्च अदालतका मुख्य न्यायाधीश डा.कूलरत्न भुर्तेललाई कारबाही गर्दै न्यायपरिषदमा तानेको हो  । यस अघि बिराटनगर उच्च अदालतका ५ न्यायधीशलाई न्यायपरिषदमा तानिएको थियो। साढे ३३ किलो सुनकाण्डमा पक्राउ परि मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएका भन्दै प्रधानन्यायधीश चोलेन्द्र जबराले यस अघि नागेन्द्र लाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेललाई न्यायपरिषद तानेका थिए । न्यायधीसपछि आज मुख्य न्यायधीश नै कारबाहीमा परेका हुन्  ।  उच्च अदालतका मुख्य न्यायधीश सहित यति धेरै न्यायाधीशहरु एकैपटक कारबाहीमा परेको यो पहिलो घटना हो । 

न्यायपरिषदले बिराटनगर उच्च अदालतको सुन काण्ड सम्बन्धी छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मा सर्वोच्चका न्यायाधीश इश्वर खतिवडालाई दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved