कोरियाले रुचाउदैन नेपाली महिला कामदार

भावना लामा

भावना लामा

Jan 22, 2019 | 03:15:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीको लागी पारिश्रमीकका दृष्टिकोणले दक्षिण कोरिया अन्य मुलुकभन्दा उत्कृष्ट मानिन्छ । राम्रो तलब सुविधा पाउने भएकाले अधिकांश नेपाली युवाहरु रोजगारीको लागी कोरिया जान मरिहत्ते गर्छन् । बार्षिक ४८ हजार नेपाली युवाहरु कोरिया जाने लाइनमा हुन्छन् । यी मध्ये सिमित मात्रै जान पाउँछन् । 

ईपिएस नेपालको तथ्याङकले वार्षीक आधा लाख युवा कोरिया जाने लाइनमा रहेको देखाएपनि पुरुषको तुलनामा महिला कम छन् । २०६४ सालमा नेपाल र कोरिया सरकारबीच भएको द्धिपक्षीय श्रम सम्झौता पछि ०६५ सालबाट नेपाली युवा रोजगारीको लागी कोरिया जान थालेका हुन् । सुरुवाती बर्षमा ३१ हहजार नेपाली युवा भाषा परिक्षामा सामेल भएकोमा ६ हजारले मात्र परिक्षा उत्तिर्ण गरेका थिए । जसमध्ये महिलाको संख्या भने ४ सयको हाराहारीमा थियो । सोही बर्ष कोरिया गएका ३ हजार नेपाली कामदारमध्ये जम्मा ८१ जना मात्रै महिला छन् । 

कोरियासँग द्धिपक्षीय श्रम सम्झौता भएको १० वर्षको समयावधिमा ४ लाख ८३ हजार नेपाली युवाले  भाषा परिक्षा उत्तिर्ण गरेकोमा ५८ हजार ७ सय कोरिया पुगेका छन् । यसमध्ये महिलाको संख्या ३ हजार ४ सय छ । कामदारको रुपमा कोरिया भित्रिने पुरुषको दाँजोमा महिलाको संख्या 6 प्रतिशत रहेका छन् । 

कोरिया रोजगारमा कृषि क्षेत्रमा महिला छनौट भएपनि उत्पादन क्षेत्रमा भने महिलालाई कोरियाले खासै छनौट नगर्ने ईपिएस शाखाका सूचना अधिकृत शोभाकर भण्डारीको भनाई छ । कोरियाले निर्माणका काममा अन्य मुलुकबाट कामदार लैजाने भएकोले नेपाली महिला कामदार कम मात्रामा कोरियाले छनौट गरेको हुनसक्ने जानकारहरुको बुझाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved