प्रदेश ७ बाट पनि श्रम स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2019 | 06:18:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सात नम्बर प्रदेशले माघ ११ गतेबाट पुन श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ । व्यवस्थापनको सम्पूर्ण तयारी सकेकोले आउँदो शुक्रबारबाटै सेवा सञ्चालनमा ल्याउने तयारी रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको हो । 

सुदुरपश्चिमका सेवाग्राहीले अब पुन श्रम स्वीकृति तथा वैदेशिक रोजगार सम्बन्धि सम्पूर्ण सेवा कैलालीको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयबाट प्राप्त गर्न सक्नेछन् । सेवा आरम्भ भएसँगै सात नम्बर प्रदेशका सेवाग्राहीले वैदेशिक रोजगारीसम्बन्धि सेवा लिन काठमाडौं धाउनुपर्ने बाध्यता हट्नेछ । 

सातवटै प्रदेशबाट प्रदान गरीने श्रम स्वीकृति सेवामा अनलाईन टोकन प्रणाली लागू गरिने मन्त्रालयले जनाएको छ । पुष १५ बाट प्रदेशस्तरीय सेवा प्रदान गर्न थालेको मन्त्रालयले प्रदेश नम्बर ५,२, ४ र ७ मा सञ्चालनमा आएको छ । साथै बाँकी प्रदेशमा पनि छिट्टै सेवा सञ्चालनमा ल्याउने तयारी रहेको मन्त्रालयले जानकारी दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved