कर्मचारी समायोजन : ३ नं प्रदेश नै पहिलो रोजाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2019 | 05:37:28 PM मा प्रकाशित

laxmi  sunrise bank

संयोजनमा जाने कर्मचारीको पहिलो रोजाई तिन नम्बर प्रदेश परेको  छ । स्थानीय तहको लागी भने काठमाडौं महानरपालिका परेका छन् । समायोजन भएर जाने ठाउ कर्मचारी आफैले रोज्न पाउने व्यवस्था गरिएको थियो । 

समायोजनमा जाने कर्मचारीको पहिलो प्राथमिकतामा परेको प्रदेश नं ३ मा १३ हजार ६सय ८४ जनाको आवेदन परेको छ । 

स्थानीय तहको लागी भने काठमाडौँ महानगरमा ७ हजार २ सय १२ कर्मचारीले आवेदन फाराम भरेका छन् । । समायोजनका लागि काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तह नै कर्मचारीको पहिलो रोजाइमा परेका छन् । 

 प्रदेशको लागि  ५८ हजार ६ सय २३ जनाले  समायोजन फाराम भरेका थिए । जसमध्ये १३ हजार ६ सय ८४ जनाले प्रदेश नं ३ ले रोजेका छन् । प्रदेशको कूल दरबन्दी २२ हजार ७ सय ५५ मध्ये आधाभन्दा बढीले  प्रदेश नं ३ रोजेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले बताए  । स्थानीय तहमा तीन लाख ५४ हजार २ सय २५ जनाले समायोजनका लागि फाराम भरेका छन् ।

 मन्त्रालयले गत पुस ११ गतेदेखि माघ २ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि कर्मचारीसँग आवेदन फाराम माग गरेको थियो । प्रदेशमा सबभन्दा थोरै रोज्नेमा सुदूरपश्चिम प्रदेश रहेको छ । सुदूरपश्चिम प्रदेशमा पाँच हजार ९८ कर्मचारीले मात्र रोजेका छन् । 

कर्मचारीको दोस्रो रोजाइमा प्रदेश नं ५ परेको छ । प्रदेश नं ५ मा १० हजार ४ सय ४९ कर्मचारीले समायोजनका लागि फाराम भरेका छन् । प्रदेश नं १ मा ९  हजार २ सय ९०, प्रदेश नं ४ मा ७ हजार ९ सय ८४, प्रदेश नं २ मा ६ हजार ९ सय २७ र प्रदेश नं  ६ मा ५  हजार २ सय ६ जना रहेका छन् । 

उपसचिव निरौलाले समायोजन रोजेकामध्ये ज्येष्ठताका आधारमा समायोजन गरिने उपसचिव निरौलाको भनाई छ  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved