सामाजिक सुरक्षा कार्यक्रम : आधा भन्दा कम रोजगारदाता मात्र प्रमाणीकरण

भावना लामा

भावना लामा

Jan 28, 2019 | 06:36:42 PM मा प्रकाशित

laxmi  sunrise bank


सरकारले सुरु गरेको योगदानमा आधारीत सामाजिक सुरक्षा योजना अन्तर्गत ६ सय २५ रोजगारदाता सुचिकृत भएका छन् । सुचिकृत भएकामध्ये थोरै मात्रै प्रमाणीकरणमा पर्न सफल भएका छन् । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषले कार्तिक २६ गते राजपत्रमा सूचना प्रकाशित गरी मंसिर ६ गतेबाट रोजगारदातालाई कोषमा  सुचिकृत हुन आवेदन खुल्ला गरेको थियो । हालसम्म कोषमा ६ सय २५ रोजगारदाता सुचिकृत भएका छन् । जसमध्ये २ सय ७२ रोजगारदाता मात्रै प्रमाणीकरणमा परेका छन् । प्रमाणीकरणमा परेका रोजगारदातालाई कोषले औपचारीका रुपमा प्रमाणपत्र वितरण गरेको हो । 

सरकारले ल्याएको योजना सम्पूर्ण नेपालीहरुको हितमा रहेको ‘नारी सीप सृजना केन्द’- का अध्यक्ष उमा सुवेदी बताउँछिन् । उनले भनिन्,–‘सरकारले सुरु गरेको यस कार्यक्रमले श्रमिकको भलो मात्रै नभई हामी रोजगारदातालाई पनि जीम्मेवारी बनाएको छ ।’

प्रमाणपत्र वितरणको क्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कोषमा सहभागाी रोजगारदातालाई धन्यवाद व्यक्त गरेका छन् । सरकारले थालनी गरेको यो कार्यक्रम रोजगारदाता, श्रमिक र सरकारको साझा कार्यक्रम भएकोले त्रासरहित, व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकार लागी परेको उनको भनाई छ । साथै नेपाली जनशक्तिलाई देशमै परिचालन गर्न यो कार्यक्रमले अहम भूमिका निभाउने उनले बताए । 

कोषमा सहभागी हुन बाँकी रोजगारदातालाई पहल स्वरुप पहिलो चरणमा प्रमाणपत्र वितरण गरेको हो । यस पछि सुचिकृत हुन आउने र प्रमाणीकरण हुने रोजगारदातालाई विभिन्न माध्यमबाट प्रमाणपत्र वितरण गरिने छ । काठमाडौंभित्रका रोजगारदातालाई कोषको कार्यलयमै बोलाउने र बाँकीलाई ईमेल, हुलाकको माध्यमबाट उपलब्ध गराउने व्यवस्था रहेको छ । 

काठमाडौंभित्रका रोजगारदातालाई मंसिर ६ गते र प्रदेश नं. ३ को लागी मंसिर १५ गतेको मितिले ३ महिनाभित्र सुचिकृत हुन कोषले आग्रह गरेको थियो ।  प्रदेश १ का रोजगारदाताले पुस १ देखि ३ महिना भित्रमा, प्रदेश २ का रोजगारदाताले पुस १५ देखि ३ महिना भित्रमा सुचिकृत गराउनु पर्ने छ । त्यस्तै गण्डकी प्रदेश र प्रदेश ५ का रोजगारदाताले माघ १ देखि ३ महिना भित्रमा, र कर्णाली तथा सुदूरपश्चिमका रोजगारदाताले माघ १५ देखि ३ महिना भित्रमा सुचिकृत गराउनु पर्ने छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved