सातै प्रदेशबाट पुन श्रम स्वीकृति: बुधबारदेखि विराटनगरबाट पनि सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2019 | 01:08:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सात नम्बर प्रदेशले बुधबारदेखि पुन श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ । प्राविधिक तथा व्यवस्थापनको तयारी पूरा भएकोले यहि माघ २३ गतेबाट विराटनगर स्थित श्रम तथा रोजगार कार्यालयबाट सेवा सञ्चालनमा ल्याउन लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको हो ।  

१ नम्बर प्रदेशबाट विदेशिने कामदारले वैदेशिक रोजगार सम्बन्धि सम्पूर्ण सेवा अब विराटनगरबाटै लिन सक्नेछन् । सेवा आरम्भसँगै सरकारले सात वटा प्रदेशबाट पुन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । सातवटै प्रदेशबाट प्रदान गरीने पुन श्रम स्वीकृति सेवामा अनलाईन टोकन प्रणाली लागू गरिने मन्त्रालयले जानकारी दिएको छ । 

प्रदेश स्तरीय कार्यालयले वैदेशिक रोजगारी सम्बन्धि ईजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखिकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरुबिच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने मन्त्रालयले जनाएको छ ।

पुष १५ बाट प्रदेशस्तरीय सेवा प्रदान गर्न थालेको मन्त्रालयले प्रदेश नम्बर ५,२,४,७ र ६ मा सञ्चालनमा आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved