अब बेरोजगारलाई काम वा भत्ता, चैत्र १ देखि आवेदन खुल्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2019 | 04:47:54 PM मा प्रकाशित

laxmi  sunrise bank

अब सरकारले देशभरका बेरोजगारहरुलाई काम वा भत्ता दिने भएको छ।  फागुन १ गते बुधबारदेखि सुरु हुन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारहरुले काम वा भत्ता पाउने भएका हुन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालन हुने यस कार्यक्रम फागुन १ गतेबाट औपचारिक रुपमा सुरु हुन लागेको हो । 

कार्यक्रमको लागि मन्त्रालयले ७ सय ५३ वटै स्थानीय निकायमा रोजगार संयोजक नियुक्तिको लागी खुल्ला आवेदन मार्फत छनौट पुरा गरीसकेको छ । फागुन २२ गते भित्र संयोजक नियुक्त गरिसकिने मन्त्रालयले जनाएको छ ।  प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी यो कार्यक्रम सञ्चालन गरिनेछ । विपन्न र वेरोजगार युवालाई समेट्ने गरी देशभरी नै फागुन १ गतेबाट एकै साथ उक्त कार्यक्रम सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ । यस कार्यक्रम मार्फत सरकारले वेरोजगार युवालाई कम्तिमा पनि १२० दिनको रोजगारी दिने र रोजगारी दिन नसकेको खण्डमा १२० दिन बराबरको भत्ताको व्यवस्था गर्ने छ । रोजगार सेवा केन्द्रको सम्पूर्ण जीम्मेवारी भने स्थानिय तहलाई नै दिईने छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रत्येक स्थानिय तहबाट सञ्चालन हुनेछ । स्थानिय तहमा स्थापना भएको प्रत्येक रोजगार सेवा केन्द्रमा केन्द्रिय सरकारले १ जनाको दरले रोजगार संयोजक खटाउने छ । संयोजकले स्थानिय तहमा भएका सम्पूर्ण वेरोजगार युवाहरुको तथ्याङ्क संकलन गर्नेछ । तत्पश्चात निजि एवम सरकारी क्षेत्रमा रहेका रोजगारदाताको तथ्याङ्क पनि संयोजकले संकलन गर्नेछन् । सरकारी तवरमा सञ्चालन हुने प्रत्येक विकासका योजनामा स्थानीय तहबाटै श्रमिक आपूर्ति गर्नुपर्नेछ भने निजि क्षेत्रले पनि आवश्यक जनशक्ति लिन पाउनेछन् । श्रम मन्त्रालयले १५ वटा क्षेत्रलाई सम्भावित रोजगारीको अवसर निर्माण गर्ने लक्ष्य लिएको छ । स्थानिय, कृषि, उद्योगा, वन, शिक्षा, उर्जा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र पुनर्निर्माण प्राधिकरण लगाएत रहेका छन् । यसरी वेरोजगार युवा र रोजगारदाताको तथ्याङ्क संकलन पश्चात केन्द्रले रोजगारी प्रदान गर्नेछ ।

 बेरोजगारहरुको लागि चैत १ देखि आवेदन खुल्ने श्रममन्त्री गोकर्ण बिष्टले बताएका छन् । रोजगार संयोजकले बेरोजगारहरुको तथ्यांक संकलन गर्ने छ  । रोजगार संयोजकले संकलन गरेको वेरोजगारलाई निजि तथा सरकारी रोजगारदाताबाट प्राप्त रोजगारी प्रदान गरिनेछ । यदि तथ्यांकमा रहेका वेरोजगारलाई १२० दिन पनि रोजजगार दिन नसकेको खण्डमा भने रोजगार सेवा केन्द्रले वेरोजगारी भत्ता प्रदान गर्ने छ । एउटा परिवारमा १ जनाको नाममा मात्र भत्ता प्रदान गरिनेछ । सरकारी सेवा नलिएको, परिवारको कुनै एक सदस्याले पनि सरकारले तोकोको न्यूनतम पारिश्रमिक आर्जन गर्न नसक्ने, खेतिपातिले धान्न नसक्ने परिवारलाई भत्ता उपलब्ध गराईनेछ । सरकारले वेरोजगारी भत्ताको लागी ३ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved