क-कसले पाउंछ बेरोजगार भत्ता ? कसरी लिने ?

भावना लामा

भावना लामा

Feb 12, 2019 | 09:41:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले फागुन १ गतेबाट प्रधानमन्त्री रोजगार कार्यक्रमलाई औपचारीक रुपमा सुरु गर्न लागेको छ । वेरोजगार नागरीकलाई यस कार्यक्रम मार्फत रोजागर प्रदान गर्ने सरकारको तयारी छ । यो कार्यक्रम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा सञ्चालन हुन लागेको हो ।

कार्यक्रमको लागी मन्त्रालयले ७ सय ५३ स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गर्नेछ । प्रत्येक रोजगार केन्द्रमा रोजगार संयोजक रहनेछ । रोजगार संयोजकले यही चैत १ गतेबाट वेरोजगार भर्ना आवेदन खुल्ला गरी वेरोजगारको तथ्यांक संकलन गर्नेछ । यी वेरोजगारलाई रोजगार सेवा केन्द्रले लाभग्राही परिचयपत्र सहित न्यूततम एक सय दिन रोजगारी प्रदान गर्नेछ ।

‘रोजगार सेवा केन्द्र’ भनेको के हो ?

‘रोजगार सेवा केन्द्र’ भन्नाले वेरोजगार व्यक्तिको सूचना संकलन, रोजगारीका अवसरहरुको पहिचान र सूचना प्रवाह गर्ने केन्द्र हो । यस केन्द्रले संकलन गरेको वेरोजगार व्यक्तिलाई परिचयपत्र प्रदान गर्ने गर्दछ । वेरोजगारहरुको ज्ञान, सीप, योग्यता, अनुभव र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने गर्दछ । यस केन्द्रले रोजगारदाताको लागी आवश्यक श्रमिक उपलब्ध गराउने गर्दछ ।

वेरोजगार भत्ता पाउने अवस्था

रोजगार केन्द्रमा भर्ना भएका वेरोजगारलाई रोजगार केन्द्रले न्यूनतम एक सय दिन रोजजगारीको व्यवस्था गर्ने छ । यदि उक्त न्यूनतम रोजगारी दिन नसकेको अवस्थामा रोजगार केन्द्रले वेरोजगार भत्ताको व्यवस्था पनि गरेको छ । परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाएको, सरकारले तोकेकोभन्दा कम बार्षिक आय भएको परिवार भएमा, परिवारको कुनै पनि सदस्य स्वरोजगार नभएमा वा वैदेशिक रोजगारीमा नगएको खण्डमा बेरोजगार भत्ता प्राप्त गर्न सक्ने छ ।

सरकारी कोष‘संघ, प्रदेश वा स्थानीय तहको कोष’ वा अन्य मुलुक तथा अन्तराष्ट्रिय संघ। संगठनबाट निबृत्तिभरण वा अवकाश लिईरहेको खण्डमा भने वेरोजगार भत्ता पाउने छैन । साथै नेपाल सरकार वा सामाजिक सुरक्षा कोष वा अन्य रोजगारदाताबाट नियमित रुपमा कुनै पनि सहायता प्राप्त गरीरहेको परिवारले वेरोजगारी भत्ता पाउने छैन  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved