प्रधानमन्त्री रोजगार कार्यक्रममा पत्रकारले नै पाएनन् प्रवेश (भिडियो)

भावना लामा

भावना लामा

Feb 13, 2019 | 12:52:07 PM मा प्रकाशित

laxmi  sunrise bank

 सरकारले देश भित्रै विभिन्न अवसरको सिर्जना गर्ने उद्देश्यसहित बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा गृहमा कार्यक्रमको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय बह्येको छ । 

यसको लागि सभा गृहमा ठुलो संख्यामा नेता, कार्यकर्ता, पत्रकार, विभिन्न निकायका प्रतिनिधि, र सर्वसाधारण समेत पुगेका छन् । कार्यक्रम हलमा सबै अट्न कठिन भएपछि पत्रकारलाई नै प्रवेश गर्न दिईएको छैन ।  नेपाल सरकारबाट प्राप्त भएकै प्रेस पास देखाउंदा पनि पत्रकारलाई भित्र छिर्न दिइएको छैन ।  त्यस्तै बैदेशिक रोजगार बोर्डका प्रत्निधि पनि बाहिरै छन् । यद्यपि हल बाहिर डिस्प्लेको ब्यबस्था आयोजकले गरेको छ । 

पाँच वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्था अन्त्य गर्ने घोषणा गरेको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउन लागेको हो । यस कार्यक्रम अन्तर्गत सरकारले बेरोजगारहरुलाई काम वा निर्वाह भत्ता प्रदान गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved