फागुन १ लाई रोजगार दिवसको रुपमा मनाउने घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2019 | 09:06:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले  फागुन १ लाई रोजगार दिवसको रुपमा मनाउने घोषणा गरेको छ  । प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक बर्ष फागुन १ लाई रोजगार दिवसको रुपमा मनाउने घोषणा गरेका हुन् । 

 प्रधानमन्त्री रोजगार घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने,‘ सरकार प्रत्येक दिन एक कदम अगाडी रहेको छ, वेरोजगार युवालाई लक्षित गरी सुरु गरेको यस कार्यक्रमले विभिन्न रोजगारीको अवसर सिर्जना गर्नेछ भने वेरोजगार युवालाई व्यवस्थापन गर्नेछ ।’

साथै ६० प्रतिशतभन्दा बढी क्रियाशिल उमेर समुह रहेको नेपालमा यस कार्यक्रमले महत्वपूर्ण भूमिका निभाउने उनले बताए । यसले गर्दा पनि फागुन १ गतेको दिनलाई रोजगार दिवसको रुपमा मनाउनुपर्ने प्रधानमन्त्री ओलिले बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved