समायोजन रोजेका कर्मचारीलाई खटाउदै सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2019 | 02:27:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका कर्मचारीलाई स्थानीय तहमा खटाउन थालेको छ । समायोजन रोजेका

कर्मचारीलाई  समायोजनपत्र वितरण गरिसङ्घ, प्रदेश र स्थानीय तहमा खटाउन थालेको हो । 

समायोजन रोजेका करीब ४८ हजार कर्मचारीलाई पत्र दिई खटाउने कार्य भइरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । “समायोजन रोजेकालाई पत्र दिई खटाउने कार्य भइरहेको छ”, उनले भने, “समायोजनपत्र लिएका कर्मचारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार २१ दिनभित्र आफू समायोजन भएको कार्यालयम पुग्नुपर्ने छ ।”  

करीब ८७ हजार कर्मचारीमध्ये ७७ हजारले समायोजन रोजेका थिए । समायोजन रोजेकालाई तीनै तहमा पठाइने प्रवक्ता अधिकारीको भनाइ छ । यसअघि सरकारले सबै सचिव र २१५ सहसचिवलाई पदस्थापना गरिसकेको छ । 

मन्त्रालयले यही फागुन ३ गते समायोजन रोजेका सबै कर्मचारीको समायोजन गर्ने भने तापनि प्राविधिक कारण त्यो हुन नसकेको र प्राविधिकतर्फका कर्मचारीको समायोजन बाँकी रहेको उनले बताए । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved