म्यानपावर व्यवसायीलाई सुशासनको पाठ

भावना लामा

भावना लामा

Apr 15, 2019 | 06:23:54 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म भुसालले म्यानपावर व्यवसायीलाई सुशासनको पाठ पढाएका छन् । शुभकामना दिन विभाग पुगेका व्यवसायीलाई धन्यवाद दिने क्रममा भुसालले सुशासनको कुरा सिकाएका हुन् ।

महानिर्देशक भुसालले व्यवसायीलाई पैसासँगै प्रतिष्ठा जोगाउन आग्रह गरे । उनले भने,‘आफ्नो प्रतिनिधि ‘एजेन्ट’ लाई अनुशासनमा राख्नुस्, एजेन्टलाई अवैधानिक काम गर्न रोक नलगाए सोसफोर्सको फोनले काम हुनेवालामा छैन ।’

कुनै पनि कार्यालयमा काम गर्दा पैसा लेनदेन भएको भेटिएमा विभागको कर्मचारी, म्यानपावरको एजेन्ट सवैलाई कारवाहीको दायरामा ल्याउने महानिर्देशकले चेतावनी दिए। डिमाण्ड लिनकै लागी जति सक्यो पैसा तिर्ने म्यानपावर व्यवसायीको अस्वस्थ प्रतिष्पर्धालाई अन्त्य गर्न उनले निर्देशन दिए ।

‘वैदेशिक रोजगारीमा जाने कामदारबाट म्यानपावरले पैसा लिने तर भौचर नदिने धेरै भेटिएको छ, तर अब सबै म्यानपावरले भौचर उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ' महानिर्देशक भूसालले भने। भुसालले म्यानपावर व्यवसायीलाई ६ महिनाभित्र राम्रो छविको व्यवसाय बनाउने तयारीमा लाग्न समेत सुझाव दिए ।

नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङ नेतृत्वको टोली शुभकामना दिन बिभाग पुगेको थियो । संघको तर्फबाट सफल कार्यकालको शुभकामना दिदै अध्यक्ष गुरुङले म्यानपावर व्यवसायीको मागलाई मध्य नजर गर्न समेत उनले आग्रह गरे । जवाफमा डा भुषालले जायज मागलाई सम्बोधन गर्न सरकार संधै पुलको काम गर्न तयार रहेको बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved