स्थानीय तहमा जागिरका लागी आवेदन दिने समय थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2019 | 02:03:46 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री रोजगार कार्यक्रममा वेरोजगारी भर्ना गर्ने समय थपिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तोकेको एक महिनाको समयावधिमा धेरै वेरोजगार छुटेको गुनासो आएपछि समय थप गरिएको जानकारी दिएको छ ।

सरकारले प्रत्येक स्थानीय तहमा चैत १ गतेबाट वेरोजगारीको संख्या संकलन थालेको थियो । मन्त्रालयका सह सचिव मोहन निरौलाका अनुसार प्रत्येक स्थानीय तहका रोजगार संयोजकलाई आफू कार्यरत स्थानीय तह भरीका वेरोजगारको संख्या संकलन गर्ने जिम्मा दिईएको छ । 

रोजगार केन्द्रमा भर्ना हुन आएका वेरोजगारलाई वर्षभरीमा कम्तीमा एक सय दिन रोजगारीको व्यवस्था गर्ने सरकारको तयारी छ । यसरी सय दिन काम लगाउन नसकेको खण्डमा सरकारले सोही दिन बराबरको निर्वाह भत्ता दिनेछ । सहसचिव निरौलाका अनुसार मन्त्रालयले केन्द्र र प्रदेश सरकारले सारेका योजनामा बेरोजगारलाई भर्ती गरिनेछ । यस बर्ष वेरोजगारीको बास्तविक तथ्यांक संकलन गर्ने र आगामी आर्थिक वर्षबाट रोजगार प्रदान गरिने सरकारले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved