प्रधानमन्त्री रोजगार कार्यक्रम : वेरोजगारको विवरण माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2019 | 10:50:57 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगार केन्द्रलाई बेरोजगार व्यक्तिको संकलित विवरण मागेको छ । कार्यक्रमले रोजगार केन्द्रमा हालसम्म उपलब्ध भएका विवरण माग गरेको हो ।  

प्रधानन्त्री रोजगार कार्यक्रमले प्रत्येक स्थानिय तहलाई चैत १ गतेबाट महिनाभर वेरोजगार विवरण संकलन गर्न निर्देशन दिएको थियो । जसअन्तर्गत देशभरका स्थानिय तहमा संकलन भएको विवरण कार्यक्रमले माग गरेको हो । मन्त्रालयका उपसचिव मोहन निरौलाका अनुसार वेरोजगार भर्नामा कतिले ईच्छा देखाए, कार्यक्रमको पहुँच कतिसम्म पुग्यो भनि हेर्नको लागी विवरण माग गरेको हो । 

संविधानले प्रत्येक नेपालीलाई रोजगारीको हकको व्यवस्था गरेको छ । रोजगारीको हक सम्बन्धी ऐन २०७५ अनुरुप बेरोजगारलाई न्यूनतम एक सय दिन रोजगारी प्रदान गर्ने गरि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अघि बढाएको हो । जस अनुसार प्रत्येक स्थानीय तहले आवेदन संकलन गरिरहेको छ । कार्यक्रमले चैत महिनाभित्रै विवरण संकलन गर्ने लक्ष्य लिएको थियो । तर धेरै वेरोजगार छुटेको गुनासो आएपछि पुन बैशाख मसान्तसम्म समय थप गरेको छ । 

कार्यक्रमले प्रत्येक रोजगार केन्द्रलाई वेरोजगारको विवरणसँगै सम्भावित रोजगारदाताको विवरण उपलब्ध गराउन भनेको छ ।  स्थानीय तहको रोजगार केन्द्रमा संकलित वेरोजगार संख्यालाई प्रमाणित गरेपछि मात्रै रोजगार प्रदान गर्ने निति रहेको छ । तिन तहका सरकारले सञ्चालन गर्ने विकासका कार्यक्रमहरुमा रोजगार केन्द्र मार्फत कामदार लैजाने व्यवस्था रहेको छ । साथै निजि क्षेत्रसँग पनि रोजगार संयोजकले समन्वयन गर्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved