नेपालमा ९ लाख मात्रै बेरोजगार !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2019 | 06:39:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा काम गर्न सक्ने जनसंख्यामध्ये नौ लाख मात्रै बेरोजगार रहेको तथ्यांक सार्वजनिक भएको छ। देशभर विभिन्न उमेर समुहका ९ लाख बेरेजगारी रहेको केन्द्रीय तथ्याङ्क विभागले जारि गरेको प्रतिबेदनमा उल्लेख छ ।  

विभागले १८ हजार घर परिवारमा गरेको सर्वेक्षण अनुसार श्रम गर्ने उमेर समुहका करिब ८० लाख नागरिकमध्ये  ९ लाख बेरोजगार रहेको छ । तथ्यांकअनुसार प्रदेश १ मा १० दशमलव २ प्रतिशत बेरोजगार रहेका छन् । प्रदेश २ मा २० दशमलव १ प्रतिशत, प्रदेश ३ मा ७ प्रतिशत बेरोजगार रहेका छन् । यसैगरी  गण्डकी प्रदेशमा ९ प्रतिशत, प्रदेश ५ मा ११ दशमलव २ प्रतिशत, कर्णाली प्रदेशमा ९।७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ११ दशमलव ५ प्रतिशत बेरोजगार रहेको रहेका छन् । जसमध्ये प्रदेश २ मा सबैभन्दा धेरै बेरोजगार रहेको रहेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved