रोजगारदाताले न्युनतम पारिश्रमीक लागु नगरेको ट्रेड युनियनको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 03:40:57 PM मा प्रकाशित

laxmi  sunrise bank

रोजगारदाताले सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू नगरेको पाईएको छ । सरकारले सामाजिक सुरक्षा नियमावली अनुरुप न्यूनतम पारिश्रमिक अनिवार्य गराएपनि रोजारदाताले व्यवहारमा नल्याएको नेपाल ट्रेड युनियन महासंघ  (जिफन्ट) को सर्वेक्षणमा उल्लेख छ । 

नेपाल ट्रेड युनियन महासंघले कानुन कार्यान्वयन अवस्थासम्बन्धि सर्वेक्षणमा २०७४ सार्वजनिक गरेको छ । जिफन्टले विभिन्न ११ विषयमा ७९ वटा उद्योग–प्रतिष्ठानको श्रम अडिट प्रतिवेदनमा सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणमा २७ दशमलव १२ प्रतिशत  उद्योग–प्रतिष्ठानले न्यूनतम पारिश्रमिक लागू नगराएको पाईएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिएका छन् । 

यसैगरी ३० दशमलव ५१ प्रतिशत प्रतिष्ठानले सञ्चयकोषको व्यवस्था नगरेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षण अनुसार ५४ प्रतिशत प्रतिष्ठानले कानुनमा उल्लेख भए बमोजिमको उपदान प्रदान नगरेको पाईएको छ ।  श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा  नियमावली २०७५ मा  प्रत्येक श्रमिकलाई सञ्चयकोष तथा उपदानको व्यवस्था गर्नुपर्ने स्पष्ट छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved