म्यानपावर बिरुद्द ९२९ उजुरी, गौकृतिमा सबै भन्दा बढी (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 04:19:51 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षमा म्यानपावर कम्पनीहरु बिरुद्द ९ सय बढी उजुरी परेको छ  ।  वैदेशिक रोजगार वोर्डका अनुसार वैशाख १८ गतेसम्मको अवधिमा विभिन्न ३ सय ९१ म्यानपावर बिरुद्द  ९ सय २९ वटा उजुरी परेको हो  ।  बोर्डका अनुसार युरो नेपाल ईन्टरनेशनल ईम्प्लोईमेन्ट सर्भिस ‘गौकृति ओभरसिस प्रा.लि’ म्यानवारविरुद्ध सबै भन्दा धेरै उजुरी परेको छ ।  यस म्यानपावर विरुद्ध यो वर्षमा ३६ वटा उजुरी परेको छ ।

यसैगरी उजुरी पर्नेमध्ये दोस्रो नम्बरमा स्ट्यामफोर्ड ब्रिज ईन्टरनेशनल सर्भिस‘ न्यू ब्लु स्टार ओभरससि’ प्रा.लि (३६२/०५९/६०) रहेको छ । यस म्यानपावर विरुद्ध भने २८ वटा उजुरी परेको छ । साथै द्रिष्मा ओभरसिस (१०७६/०७३/७४) विरुद्ध २६ उजुरी परेको छ । 

वैदेशिक रोजगार विभागमा धेरैजसो ठगी मुद्धाको उजुरी आउने गरेको विभागको भनाई छ । वैदेशिक रोजगारीमा पठाउने भन्दै पैसा लिने तर नपठाउने, विदेश पुगेर पनि तोेकेको काम, तलब,सेवासुविधा  नपाउने लगाएतका उजुरी आउने गरेको उजुरी शाखाले जानकारी दिएको छ । 

हाल नेपालमा १२ सय बढी म्यानवापर कम्पनिहरु रहेका छन् । जसमध्ये ११८५ म्यानपावर सक्रिय रहेका छन् भने बाँकी ४७ म्यानपावर निष्क्रिय छन् । 

कुन कम्पनी बिरुद्द कति उजुरी ? हेर्नुस सुची : 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved