‘३७ मेडिकलबाट मात्रै स्वास्थ्य परिक्षण हुने कुरा अनरगल प्रचार’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2019 | 06:33:55 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण पुरानै स्वास्थ्य संस्थाले गर्ने भन्ने जानकारी झूटो भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यस अघि ३७ वटा स्वास्थ्य संस्थाले स्वास्थ्य परिक्षण गर्दै आएको थियो । 

सरकारले खारेज गरेको ३७ वटा स्वास्थ्य संस्थाले नै मलेसिया जाने कामदारको स्वास्थ्य गर्ने भनी केहि सञ्चारमाध्यमले सामाचार प्रकाशित गरेका थिए । जुन सामाचार झूटो भएको भन्दै मन्त्रालयले विज्ञप्ति निकालेको छ । मन्त्रालयले मापदण्ड पूरा गरेका जुनसुकै स्वास्थ्य संस्थाले पनि स्वास्थ्य परिक्षण गर्न सकिने भन्दै आवेदन माग गरेको थियो । आवेदन परेका स्वास्थ्य संस्थामा हाल अनुगमन भैरहेको विज्ञप्तिमा उल्लेख छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved