वकिलको दरबन्दी थप गर्न सरकारसँग महान्यायाधिवक्ताको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 04:37:30 PM मा प्रकाशित

laxmi  sunrise bank

महान्यायधिवक्ताको कार्यालयले दरबन्दी थप गर्न सरकार समक्ष माग गरेको छ । कार्यालयले तत्कालको लागी १ सय २७ जना सरकारी वकिल सहित २ सय ४५ जनाको दरबन्दी माग गरेको हो ।

महान्यायधिवक्ताको कार्यालय र मातहतका कार्यालयमा आउने काम अनुरुप नियुक्त भएका वकिलको संख्या न्यून रहेको महान्यायाधिवक्ता अग्नि खरेलको भनाई छ । ५ वर्ष यता सरकारी वकिल सामु ६५ प्रतिशतभन्दा बढी मुद्धाको बोझ थपिएको उनले बताए । हाल महान्यायाधिवक्ताको कार्यालय र मातहतका कार्यालयमा सरकारी वकिल ४ सय ४० सहित १५०४ जनाको दरबन्दी रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved