एक लाखलाई रोजगारी दिन सरकारको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 06:30:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले चालु आर्थिक बर्षभित्र एक लाख भन्दा बढी बेरोजगारलाई रोजगार प्रदान गर्ने भएको छ ।  यसका लागी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगारकोलाई रोजगारी प्रदान गर्न स्थानिय तहमा पठाएको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न स्थानिय तहले संकलन गरेको बेरोजगारलाई यसै बर्ष रोजगार प्रदान गर्ने भएको हो । हाल १ लाख ६ हजार ८ सय ७२ जना बेरोजगारी सूचिमा दर्ता छन् । सरकारले चालु आर्थिक वर्षमा ५ लाखलाई रोजगारी प्रदान गर्न बजेट छुट्याईएको थियो । सोहि अनुरुप सरकारले २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार बराबरको रकम स्थानिय तहहरुमा पठाईसकेको छ । उक्त रकमबाट प्रत्येक बेरोजगारलाई ३० दिन बराबरको रोजगार प्रदान गर्ने भएको हो । 

सरकारले प्रत्येक परिवारमा एक जान सदस्यलाई एक बर्षको अवधिमा एक सय दिन रोजगारको व्यवस्था गर्ने भएको छ । यदि रोजगार प्रदान गर्न नसकेको खण्डमा सोहि अनुरुप बेरोजगारी भत्ताको पनि व्यवस्था रहेको छ । चालु आर्थिक वर्षमा एक सय दिन रोनजगारी उपलब्ध गराउने सम्भावना भएकोले ३० दिन बराबरको रोजगारी प्रदान गर्ने श्रम मन्त्रालयले जनाएको छ । 

सरकारले न्यूनतम पाँच लाखदेखि एक करोडसम्मको अनुदान स्थानिय तहलाई अनुदान प्रदान गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved