४८ म्यानपावर कम्पनिको कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 01:37:44 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार बिभागले ४८ वटा म्यानपावर कम्पनिको कारोबार रोक्का गरेको छ । बिभागले तोकेको समयभित्र अत्यावधिक गर्न नआएका म्यानपावर कम्पनिहरुको कारोबार रोक्का गरेको हो । 

विभागले म्यानपावर कम्पनिको सम्पूर्ण विवरण सहित अत्यावधिक गर्न आउन बैशाख २३ गते सूचना जारी गरेको थियो । दोस्रो पटक बैशाख ३० गते म्याद थप गर्दा समेत विवरण बुझाउन नआएपछि सम्पूर्ण कारोबार रोक्का गरेको बिभागले जनाएको छ । विभागको कारवाही फुकुवा नभएसम्म ती म्यानपावरहरुले वैदेशिक रोजगारी सम्बन्धि कुनै पनि कारोबार गर्न पाउने छैन । 

म्यानपावरले वैदेशिक रोजगारीको नाममा कामदारसँग अवैध रुपमा अशुली गर्ने गरेको छ । पिडितले उजुरी दिएपछि ठगी गर्ने व्यक्ति म्यानपावरसँग आवद्ध नरहेको भन्दै पन्छिने गरेको छ । यसकारण म्यानपावरको सम्पूर्ण विवरण माग गरेको विभागले जानकारी दिएको छ । 

बिभागले रोक्का गरेका ४८ म्यानपावरहरु सूचिसहित :-




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved