कोरियन भाषा परीक्षामा चार दर्जन परीक्षार्थी पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 10:47:38 AM मा प्रकाशित

laxmi  sunrise bank

रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको कोरियन भाषा परीक्षा शनिबारबाट सुरु भएको छ । आइतबार पनि परीक्षा चल्दैछ । काठमाडौं र पोखरामा चलिरहेको परीक्षामा ९२ हजार ३५६ जना परीक्षार्थी सहभागी हुने भनिएको थियो । 

पहिलो दिन शनिबार ४६ हजार १९६ जनाले परीक्षा दिनुपर्ने पालो परेकोमा ४ हजार ३७ जना सहभागी भएनन् । शनिबार ४७ जना परीक्षार्थी निष्कासितसहित पक्राउ भएका छन् । अरुको नाममा परीक्षा दिन आएहरुलाई नियन्त्रणमा लिईएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए । ‘पक्राउ परेकामध्ये नक्कली परीक्षार्थीलाई सार्वजनिक मुद्दा चलाइनेछ,’ भुसालले भने । 

आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदार लैजाने भएको छ । अहिले सञ्चालन भईरहेको परीक्षाको नतिजा असार १३ गते प्रकाशित हुनेछ । यो परीक्षाबाट छानेर उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने कोरियाको तयारी छ ।

नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत कामदार कोरिया जान थालेका हुन् । परीक्षामा नक्कली परीक्षा दिने र दिन लगाउनेलाई ३ वर्षसम्म भाषा परीक्षा दिन नपाउने गरी निष्काशन गरिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved