नेपालमै रोजगारीको सम्भावना पहिल्याउन राष्ट्रिय श्रम सम्मेलन (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2019 | 10:23:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्वदेशमै रोजगारीको सम्भावना पहिल्याउन पहिलो पटक राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०७६ गर्ने भएको छ। श्रम बजारमा रोजगारीको सम्भावना, रोजगारी र श्रमिकको माग तथा आपूर्तिको विश्लेषण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। 

श्रम बजारको आवश्यकता र श्रम शक्तिको सीपको अवस्थाको विश्लेषण गरी समस्या समाधानका उपाय खोजी गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सम्मेलन यही असार १५ र १६ गते राजधानीमा हुनेछ।

सम्मेलन मार्फत स्वदेशका सम्भावनायुक्त क्षेत्रमा युवाको आकर्षण बढाई श्रम बजारको मागबमोजिम दक्ष जनशक्तिको विकास गर्न आवश्यक नीति, योजना र कार्यक्रम तय गरिने मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिए। ‘आन्तरिक रोजगारीको प्रवद्र्धन नै सम्मेलनको मुख्य उद्देश्य हो’ रेग्मीले भने।      

सम्मेलन दुई प्रकारको ढांचामा संचालन गरिने बताइएको छ। सम्मेलनका क्रममा प्राविधिक सत्रमा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । त्यसैगरी सम्मेलनको दौरान सीप तथा उद्यमको प्रदर्शनी गरिनेछ । विभिन्न समूहगत क्षेत्रमा आधारित रहेर विज्ञले तथ्य, तथ्याङ्क तथा प्रवृत्ति विश्लेषणसहितको कार्यपत्र प्रस्तुत गर्नेछन।

सम्मेलनमा बिभिन्न संस्था तथा बिज्ञहरुसहित गरि ३५० भन्दा बढी प्रतिनिधिले उपस्तिथी जनाउनेछन। विभिन्न समूहगत क्षेत्रमा आधारित रहेर विज्ञले तथ्य, तथ्याङ्क तथा प्रवृत्ति विश्लेषणसहितको कार्यपत्र प्रस्तुत गर्नेछन। त्यस्तै सम्मेलनमा नेपालमा रोजगारीको सम्भावना बोकेका बिभिन्न संघ संस्था तथा उद्योगहरुको स्टल रहेनछ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

नेपालमा नयाँ रोजगारीको क्षेत्रमा सम्भावना देखाउन प्रधानमन्त्री रोजगारी कार्यक्रम 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले नेपालमा नयाँ रोजगारीको क्षेत्रमा सम्भावना देखाउन प्रधानमन्त्री रोजगारी कार्यक्रम संचालन गरिएको जानकारी गराएका छन। ७५ भन्दा बढी प्रक्रियागत बिषयसकेर मात्रै यो कार्यक्रम संचालनमा आएको जानकारी दिंदै मन्त्री बिष्टले प्रधानमन्त्री रोजगार कार्यक्रममा आएका आलोचनाबारे कुनै टिप्पणी र गुनासो नरहेको भन्दै साढे ५ हजार भन्दा बढी स्थानमा साढे ५ हजार भन्दा बढी स्थानमा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन हुने बताए। 


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved