विदेशबाट फर्किएर स्वदेशमै उद्यमी बनेका युवाहरु सम्मानित (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 03:02:11 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरिरहेका ६ जनालाई सरकारले नगद पुरस्कार सहित सम्मान गरेको छ । श्रम मन्त्रालयमा आयोजित कार्यक्रममा माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले उद्यमिहरुलाई सम्मान गरेका छन्। 

युएईबाट  फर्केका नवराज पौड्याल, दक्षिण कोरियाबाट फर्केका दिपक चापागाई, युएईबाट फर्केका निर बहादुर राउत, मलेसियाबाट फर्केका एक बहादुर सिङ्ताङ, दक्षिण कोरियाबाट फर्केका मनोज कुमार भारती, युएईबाट फर्केकि शर्मिला अधिकारी तथा दक्षिण कोरियाबाट फर्केका त्रिलोक पनेरुलाई सरकारले सम्मान गरेको हो । 

पौड्यालले संचालन गरेको कान्तिपुर पोल्ट्रि फर्मबाट ४८ जनालाई रोजगारी प्रदान गरिरहेका छन् । चापागाईले संचालन गरेको डायमण्ड स्टिल उद्योगमा १७ जना कामदार, राउत र सिङ्ताङलेले १२८ रोपनिमा संचालन गरेको मैत्रिमंगल अर्गानिक कृषि फर्ममा ३० जना कामदार, भारतीले संचालन गरेको फिट वेल गार्मेन्टमा ९५ जना कामदार, अधिकारीको राम लक्ष्मण कृषि फर्म तथा राउत एण्ड सन्स वहुउद्येश्यीय कृषि तथा पशुपालन फर्ममा १५ जना कामदार र पनेरुको आलोक गार्मेन्ट उद्योगमा १५ जना कामदार कार्यरत छन् । यीनिहरु सबैलाई राष्ट्रिय उद्यमी पुरस्कारबाट सम्मानित गरिएको छ । 

सरकारले पौड्याललाई रु एक लाख र बाँकि सबैलाई रु पचास हजार नगदले सम्मान गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved