पुर्व सचिवलाई मन्त्री बिष्टको कटाक्ष: उहाँले हस्ताक्षर गरेको आयोजना बिर्सिनु भयो, पत्रकारले खोज्नुपर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2019 | 10:07:18 AM मा प्रकाशित

laxmi  sunrise bank

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई लिएर पूर्व अर्थसचिव रामेश्वर खनालले गरेको टिप्पणी प्रति असन्तुष्टि जनाएका छन। 

"प्रधानमन्त्री रोजगार कार्यक्रम" का सम्बन्धमा मन्त्रालयमा योजना गरिएको पत्रकार सम्मेलनमा सम्बोधनको क्रममा मन्त्री बिष्टले पुर्व अर्थसचिव खनालको टिप्पणी प्रति असन्तुष्टि जनाएका हुन। 

अर्थ सचिब जस्तो व्यक्तिले कामको संस्कार सिकाउने, गरिबको जीवनस्तर उकास्ने एउटा ऐतिहासिक अभियानको आलोचना गर्दा आफुलाई भन्नलाई केही नरहेको भन्दै मन्त्री बिष्टले भने, 'पत्रकार मार्फत एउटा सुझाब छ, उहाँ अर्थ सचिब छँदा कस्ता कस्ता आयोजनामा हस्ताक्षर गर्नुभएको छ, त्यसको विवरण खोजेर ती विवरणमा उल्लेख भएका कुरा बिर्सिनु भयो कि भनेर सम्झाईदिनु पर्ने भएको छ।' 

सामान्यता आलोचकहरुको टिप्पणीमा प्रतिकृया नजनाउने मन्त्री बिष्टले पत्रकार सम्मेलन मार्फत नै पुर्व अर्थ सचिव खनालको टिप्पणी प्रति असन्तुष्टि जनाएका हुन। प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि यो बर्ष पहिलो भएपनि उल्लेख्य प्रगति भएकाले अर्को बर्ष काम गर्ने हौसला बढेको भन्दै मन्त्री बिष्टले ५ लाखलाई रोजगार दिने अठोट पुरा गर्ने बताएका छन। 

देशभर लागू भएको यो प्रधानमन्त्री रोजगार कार्यक्रम पहिलो बर्ष भएकाले केही ठाउँमा कमि कमजोरी हुन सक्ने भन्दै त्यहि अपवादलाई नै व्याख्या गरेर सिंगो कार्यक्रम नै असफल भएको भनेर आलोचना गर्नेलाई मन्त्री बिष्टले 'विकास र परिवर्तनको बिरोधि' को संज्ञा दिएका छन।

एक बर्षको अवधिमा यो कार्यक्रमसम्म आई पुग्न धेरै कठिनाई भ्ग्नु परेको जानकारी दिदै मन्त्री विष्टले भने '८६ वटा प्रक्रिया पुरा गरेर प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याईएको हो ' । एक बर्षमा ५९९ स्थानीय तहले कुल ६ हजार ८ सय ६४ विभिन्न सामुहिक आयोजनामा १ लाख ७५ हजार ९ सय ९ ले रोजगारी पाएको मन्त्री बिष्टले जानकारी दिए ।  उनका अनुसार यस बाट कुल २२ लाख ६२ हजार २ सय ६९ दिन रोजगारी उपलब्ध भएको देखिएको छ ।  जस अनुसार औसतमा १३ दिनको रोजगारी पाएको उनले बताए । यो तथ्यांकमा अन्य स्थानीय तहबाट संचालन भएका आयोजना र त्यसबाट सिर्जना भएका रोजगारी विवरण संकलन हुन् बाँकि रहेको मन्त्रालयले जनाएको छ  ।  

कार्यक्रममा मन्त्री बिष्टले ५ लाखलाई रोजगारी दिने अठोट पुरा हुने समेत दाबी गरे  । अहिलेसम्म १७ लाख बेरोजगार सुचीमा रहेको जानकारी दिदै मन्त्री विष्टले कानुनी संरचना निर्माण सम्पन्न भई सकेको बताए  ।  १ बर्षको अनुभवको आधारमा यो बर्ष जनताले महशुस गर्ने गरी काम हुने विश्वास व्यक्त गरे।

पूर्व अर्थसचिव रामेश्वर खनालले एक कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन विधि बेठिक भएको भन्दै आलोचना गरेका थिए। आर्थिक वर्ष सकिनै लाग्दा शुरु गरिएको यो कार्यक्रम झार उखेल्ने, बाटो बडार्ने, फूल रोप्नेजस्ता अनुत्पादक क्षेत्रमा तीन अर्ब १० करोड सक्ने भन्दै खनालले कार्यक्रमको आलोचना गरेका थिए।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved