सरकारी कर्मचारीको नयाँ पेन्सन योजना सुरु, यस्ता छन् सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 08:37:16 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी संचय कोषले योगदानमा आधारित पेन्सन योजनाको औपचारिक शुभारम्भ गरेको छ । आफ्नो ५८ औ वार्षिकोत्सवको अवसरमा कोषले योजनाको शुभारम्भ गरेको हो । यस योजनाको अर्थमन्त्री डा युवराज खतिवडाले उद्घाटन गरेका हुन् ।

'याेगदानमा आधारित निवृत्तिभरण काेष' नाम दिईएको यस योजनामा २७६ साउन १ पछि नियुक्त भएका स्थायी निजामती , प्रहरी, सैनिक, शशस्त्र, र नेपाल विशेष सेवाका कर्मचारी समावेश हुन् सक्ने छन् । यस योजनामा सहभागी हुने कर्मचारीले मासिक तलबबाट ६ प्रतिशत कट्टा गरिने छ भने सोहि अनुपातमा नेपाल सरकारले योगदान गर्ने छ । प्रत्येक ३ बर्षमा निवृत्तिभरण रकम १० प्रतिशतका दरले बढीमा ५ पटक बढ्ने संचय कोषले जनाएको छ ।

त्यस्तै २० बर्षे सेवा अवधि पुरा नहुदै सेवामा नरहेमा कोषमा जम्म भएको रकम, ब्याज रकम, र मुनाफा रकम एकमुष्ट भुक्तानी पाउने छन् । २० बर्षे सेवा अवधि पुरा भएका कर्मचारीले व्यक्तिगत खातामा जम्मा भएको रकम निवृत्तिभरण कोष ऐन २०७५ अनुसार भुक्तानी हुने छ।





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved