सामाजिक सुरक्षा कोषको कार्यन्वयन सुरु, २ परिवारले पाए रकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2019 | 03:30:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सुरक्षा कोषमा आवद्द हुने समय थप भएको छ । यस अघि रोजगारदाताहरुले असोज मसान्तसम्ममा सुचिकृत हुनु पर्ने बताईएकोमा अब एक महिना म्याद थप हुने भएको हो । सार्वजनिक विदा परेको, विभिन्न रोजगारदाताहरु प्रक्रियामा रहेको र म्याद थप गर्न अनुरोध भएको र ठुलो संख्यामा रोजगारदाता सुचिकृत हुन् बाँकि रहेकोले म्याद थप गर्न लागिएको कोषले जनाएको छ ।

कोषले म्याद थपको विषयमा सूचना प्रकशित गर्ने र सूचना प्रकाशित भएको मितिले एक महिनासम्म सुचिकृत हुन् सकिने कोषले जनाएको छ ।

हालसम्म कोषमा ८८ सय १८ रोजगारदाता र १ लाख ९ सय ६८ योगदानकर्ता सुचिकृत छन् । यी बाट कोषमा ७ करोड ६५ लाख संकलन भएको कोषले जनाएको छ । तर यो संख्या अत्यन्तै न्यून हो ।

त्यस्तै कोषले योजना सुरु भएपछि २ जना योगदाताकर्ताको निधन भएकोले उनीहरुको परिवारलाई रकम उपलब्ध गराउन थालिसकिएको कोषले जनाएको छ । क्लोजर सिस्टम्स इन्टरनेशनलमा कार्यरत इन्जिनियर रुपेन्द्र थापा र कैरोश क्याफेमा कार्यरत प्रकाश तामाङ मोक्तानको योजना सुरु भएपछि निधन भएको हो ।

योगदानकर्ताको निधन भएपछि कोषले मासिक निवृत्तिभरण खर्च वापत थापा र तामाङलाई क्रमश मासिक १७ हजार १ सय र १० हजार २ सय प्रदान गर्ने प्रक्रिया अगाडी बढेको कोषले जनाएको छ। यो उनीहरुको आधारभूत पारिश्रमिकको ६० प्रतिशत हो ।

त्यस्तै उनीहरुले संकलन गरेको रकम मध्ये बृद्धावस्था योजना अन्तर्गतको संकलित रकम, तथा प्रतिफल समेत जोडिन हुन् आउने रकम एकमुष्ट प्रदान गर्ने प्रक्रिया अगाडी बढेको कोषले जनाएको छ ।

दाहसंस्कार खर्च वापतको २५ हजार भने उनीहरुले पाईसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved