एनआरएनए को पत्रकार सम्मेलन: बेथितिको पराकाष्ठा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 14, 2019 | 09:54:17 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नवौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा बिश्वसम्मेलनको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्‍यक्ष भवन भट्ट ढिला आएपछि एकै मंचमा आधा घण्टाको अन्तरमा दुई दुई पटक पत्रकार सम्मेलन भयो। 

बालुवाटारस्थित कार्यालयमा निर्धारित समय भन्दा आधा घण्टा ढिला सुरु भएको 'पहिलो' पत्रकार सम्मेलनमा उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसीसहितका पदाधिकारीको उपस्तिथी थियो। पत्रकार सम्मेलनमा उपस्थित बिभिन्न मिडियाका संचारकर्मीले एनआरएनएन को आगामी निर्वाचन र बिश्व सम्मेलन सम्बन्धमा प्रश्न गरे, जुन स्वाभाविक थियो। 

तर त्यहि पत्रकार सम्मेलनमा एनआरएनए अमेरिका र युकेका प्रतिनिधिले एरआरएनए वर्तमान कार्यसमितिले काम गर्न नसकेको र निर्वाचनको क्रममा नक्कली डेलिगेट्सको प्रयोग गरिएको भन्दै त्यसको कारण खोजे। सोहि क्रममा पत्रकार सम्मेलनको आयोजना गर्ने सचिवालय सदस्य र ति प्रश्नकर्ताबीच बाझाबाझ हुँदा उपस्थित केहि पत्रकारले आफुहरु रिपोर्टिंङ गर्न आएको तर सासु बुहारीको जस्तो झगडा सुन्न नआएको प्रतिकृया दिए। 

पत्रकार सम्मेलनमै बिभिन्न देशका एनआरएनए डेलिगेट्स र वर्तमान कार्यसमिति सदस्यबीच बाँझाबाझ हुँदा माहोल केहि समयलाई तात्तिएको थियो। यद्दपी पत्रकारले आगामी निर्वाचन केन्द्रित प्रश्न सोधेर त्यो माहोललाई शान्त बनाए। 

वर्तमान कार्यसमिति सदस्य तथा प्रवक्ताले पत्रकार सम्मेलन सकिएको घोषणा गर्दै सबैलाई चियापानको लागि आग्रह गरे। र उपस्थित सबै चियापानमा लागे। 

करिब आधा घण्टाको अन्तरालमा नै एनआरएनए का वर्तमान अध्यक्ष भवन भट्ट पत्रकार सम्मेलन सम्पन्न भएको हलमा देखिए। उनले अध्यक्ष बीना नै कसले पत्रकार सम्मेलन गरेको भन्दै एनआरएनए सचिवालय सदस्यलाई हपारेपछि फेरी दोस्रो पटक पत्रकार सम्मेलनको घोषणा गरियो। 

एनआरएनएका प्रवक्ताले भवन भट्ट पुनर्निर्माण  प्राधिकरणसंग लाप्राकको बस्तीका विषयमा छलफलका कारण पहिलो पत्रकार सम्मेलन भन्दा ४५ मिनेट ढिला भएकाले फेरी सम्मेलन गर्नुपरेको बताउदै पत्रकारलाई उपस्तिथीको लागि अनुरोध गरे।

आधा घण्टाको अन्तरालमा सुरु भएको 'दोस्रो' पत्रकार सम्मेलन पहिले भन्दा झन् 'झुर' शैलीमा सम्पन्न हुन् पुग्यो। पत्रकार सम्मेलन भनेर अध्यक्ष भट्टले आफ्ना कुरा राख्ने क्रममा त्यहीं क्यामेरा र बुम तेर्स्याएर युवराज घिमिरे सम्पादक रहेको देशसंचारका संचारकर्मीले मंचमै अन्तर्वार्ता लिन थाले। उनीहरुले ५-६ प्रश्न सोधेपछि अन्य मिडियाका संचारकर्मीले अध्यक्ष भवन भट्टलाई यो पत्रकार सम्मेलन हो कि अन्तर्वार्ता कार्यक्रम हो हामीले बुझ्न सकेनौं भन्ने प्रश्न गरेपछि अन्तर्वार्ता रोकियो र पुन: भट्टले आफु अध्यक्ष हुँदा दुई बर्षमा गरेका कामका फेहरिस्त सुनाउन थाले। 

अध्यक्ष भवन भट्टले बोलेर सक्दा नसक्दै प्राइम टेलिभिजनका ऋषि धमलाले 'अन्तर्वार्ता' भन्दै भट्टलाई तानेर लगे। त्यहाँको यस्तो दृश्यले त्यो पत्रकार सम्मेलन थियो वा कुनै अन्तरकृया वा अन्तर्वार्ता कार्यक्रम थियो भन्ने अन्यौलको अवस्था देखिन्थ्यो। नेपालमा अध्यक्षको उपस्थिति ढिला हुँदा कार्यक्रम ढिला सुरु हुने गरेपनि पत्रकार सम्मेलननै दोहोर्याएर गरिएको यो एउटा अनौठो घटना हुन् सक्छ।

                  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved