एनआरएनको चुनावमा राजनीतिक ध्रुवीकरण, सँस्थापक अध्यक्षद्वारा सम्मेलन बहिष्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2019 | 10:41:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ नेतृत्व चयनको लागि काठमान्डौमा शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय महाधिवेशन राजनीतिक दलको निर्वाचन जस्तो देखिएको छ। 

भोलि (असोज २९, बुधबार) हुने निर्वाचनमा कुल १२ पदका लागि ४२ जनाले उम्मेदवारी दिएका छन। निर्वाचनमा चुनाव प्रजातान्तिक अभ्यास भएपनि सत्ता पक्ष र प्रतिपक्षमा विभाजित भएको प्रति एनआरएनए का संस्थापकहरुले नै आपत्ति जनाउन थालेका छन। 

संघको स्थापनाको उद्देश्य विपरीत राजनीतिक ध्रुवीकरण बढेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उद्घाटन गरेको सम्मेलन समेत  संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले बहिस्कार गरेका छन। यसले पनि एनआरएन को चुनावमा राजनीति कति हावी छ भन्ने देखिन्छ। 

संघको अध्यक्षका प्रत्यासी कुमार पन्त नेकपा निकट मानिन्छन भने अर्का प्रत्यासी कुल आचार्य नेपाली कांग्रेस निकट मानिन्छन। संघका उपाध्यक्षद्वय कुमार पन्तले वामपन्थी र कुल आचार्यले प्रजातान्त्रिक समूहबाट उम्मेदवारी घोषणा गरेका छन् । नयाँ नेतृत्त्व चयनको लागि एनआरएनको निर्वाचन सत्ता पक्ष र प्रतिपक्षको जस्तो देखिएको प्रति भोट दिन नेपाल आएका डेलिगेट्सहरुले समेत असन्तुष्टि जनाएका छन। 

अध्यक्षमा कुल आचार्य र कुमार पन्तवीच द्वीपक्षीय प्रतिस्पर्धा हुने भएपनि महाधिवेशनमा रोचक भिडन्त चाहिँ ५ उपाध्यक्ष पदका लागि हुने देखिएको छ। गैरआवासीय नेपाली संघको २००३ (२०१७ को संशोधन) सहितको विधानअनुसार इतिहासमै पहिलोपटक पाँचजना उपाध्यक्ष पदमा (महिलासहित) निर्वाचन हुन लागेको हो । चार खुल्लातर्फको उपाध्यक्ष पदका लागि १२ जनाले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

डा. बद्री केसी (रुस), सोनाम लामा (अमेरिका), रबिना थापा (अमेरिका), डा. केशव पौडेल (अमेरिका), नरेन्द्र भाट (कतार), हिक्मत थापा (नाइजेरिया), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम), मन केसी (अष्ट्रेलिया) ले उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन।   

संघको होटल हायातमा शुरु सम्मेलनमा ८१ देशका २५ सय प्रतिनिधि सहभागी छन् । दुई दिने सम्मेलनले आगामी दुई वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved