एयरपोर्टमा तोडफोड गर्ने एनआरएन थापा ५० हजार तिरेर छुटे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 01:19:00 PM मा प्रकाशित

laxmi  sunrise bank

गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि रमेश थापा थुनामुक्त भएका छन् । अध्यागमन विभागले ५० हजार रुपैयाँ धरौटी उनलाई थुनामुक्त गरेको हो । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा तोडफोड गरेपछि उनलाई शनिबार पक्राउ गरिएको थियो । विभागले अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ बमोजिम कारबाही गरेको हो । 

विभागका महानिर्देशक ईश्वरराज पौडेलेका अनुसार थापालाई अश्लील हर्कत देखाउनउक्साउने उषाकिरण वरियालाई पनि जरिवाना गरिएको छ । उनी भने पक्राउ परेकी थिइनन् । उनलाई २५ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved