एनआरएनए मध्यपूर्वमा सर्वसम्मत: क्षेत्रीय संयोजक गुरुङ, उपसंयोजकमा गोर्खाली र अर्याल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 03:06:08 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को नयाँ नेतृत्वमा मध्यपूर्वले सर्वसम्मत चयन गरेको छ। एनआरएन मध्यपूर्व क्षेत्रीय संयोजकमा प्रविन गुरुङ सर्बसम्मत चयन भएका छन्।

मध्यपूर्व संयोजक पदमा नै उम्मेदवारी दिएका मनोज गोर्खाली उपसंयोजकमा बस्न तयार भएपछि मध्यपूर्वको नयाँ नेतृत्व सर्वसम्मतले चयन भएको  हो। मध्यपूर्व उपसंयोजकमा दुई पद भएकाले साउदी अरबका राजेन्द्र अर्याल (जोन) लाई अर्को पद दिने सहमति पछि मध्यपूर्वका लागि निर्वाचन नहुने पक्कापक्कि भएको हो।

सर्वसम्मत भएपछि सचिव पदमा उम्मेदवारी दिएका आरके शर्मालाई सहज भएको छ। वर्तमान सचिव डिबी क्षेत्री महासचिवमा उम्मेदवारी नदिने निर्णयमा पुगेपछि आइसीसी उपाध्यक्षमा कतारबाट नरेन्द्र भाट र आइसीसी सचिव पदमा कतारबाट नै राजेन्द्रकुमार शर्मा (आरके) को उम्मेदवारी  छ। उम्मेदवारी घोषणा गरेका कुवेतबाट सुरज मास्के, कतारबाट विनोद भट्टराई, कतारबाटै नविन पोखरेलले सहमतिका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरी युवा संयोजकमा यूएईबाट सुदिप कार्कीले उम्मेदवारी घोषणा गरेका छन्। मध्यपूर्वले अहिलेसम्म आइसीसी अध्यक्षको पद नपाएपनि यस पटक उपाध्यक्ष, सचिव र युवासंयोजक पद जसरी भएपनि लिने दाउमा छ ।   








Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved