नाराबाजीपछि एनआरएनएको नयाँ नेतृत्वको लागि मतदान सुरु

सुरक्षा ब्यबस्था कडा , मोबाइल निशेष
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 09:20:57 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । निर्धारित समय भन्दा ३ घण्टा ढिलो गरि ८ बजे पछि मात्र मतदान सुरु भएको हो ।

मतदान समयमा नै सुरु नभएको भन्दै प्रतिनिधिहरुले नाराबाजी र हुलदंगा समेत गरेका थिए ।आक्रोशित भीडले मतदान स्थाल बहिरको केही टेबल कुर्सी फुटाएका थिए ।  अहिले कडा सुरक्षाका बीच मतदान जारि छ । मतदान स्थलमा मोबाइल फोन समेत निशेष गरिएको छ  ।

निर्वाचनमा ७६ ले उम्मेदवारी दर्ता गराएका छन् । सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता भएको जानकारी दिए । मङ्गलबार साँझदेखि आज अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

विद्युतीय मेसिनबाट हुने निर्वाचनमा मतदान भएको एक घण्टामा नै मतपरिणाम सार्वजनिक गर्ने उनले बताए । निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन् । उनका अनुसार सङ्घको नयाँ नेतृत्व दुई वर्षका लागि निर्वाचित हुने गर्दछ ।

‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । सम्मेलनको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved