एनआरएनए निर्वाचनमा अब कागजी प्रक्रियाबाटै मतदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2019 | 09:06:34 AM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली सङ्घको मतदान अब कागजी प्रक्रियाबात हुने भएको छ  । निर्वाचन समिति सदस्य केपी पाण्डेले प्राविधिक कारणवस कागजी प्रक्रियाबाट मतदान हुने जानकरी दिएका हुन्  । उनले आज बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुने बताएका छन् । कागजी प्रक्रिया बाट हुने मतदानको लागि नमुना मतपत्र समेत सार्बजनिक भएको छ।  त्यस्तै आयोजकले सम्मलेन निर्धारित समय मै सम्पन्न गर्नको लागि आजको लागि तय भएका सबै सत्रहरु रद्द गरेको छ । 

बुधबार बेलुका अबेर गरी भोटिंग मेसिन बाट नै मतदान सुरु भए पनि केहि समयमै प्राविधिक समस्या आएको भन्दै मतदान स्थगित भएको थियो । मतदान स्थगित भएपछि आक्रोशित प्रतिनिधिहरुले कुर्सि टेबल तोडफोड गर्नु को साथै नाराबाजी गरेका थिए । 

निर्वाचनमा ७६ ले उम्मेदवारी दर्ता गराएका छन् । सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता भएको जानकारी दिए । मङ्गलबार साँझदेखि आज अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

 निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन् । उनका अनुसार सङ्घको नयाँ नेतृत्व दुई वर्षका लागि निर्वाचित हुने गर्दछ ।

‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । सम्मेलनको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने छन् ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved