एनआरएनए निर्वाचनमा फेरि विवाद, सम्मेलन बहिष्कार गर्ने आचार्य प्यानलको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2019 | 12:48:06 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा फर्जी मत खसेको भन्दै विवाद भएको छ । मतदानमा सहभागी केही प्रतिनिधि र उम्मेद्वारले समेत फर्जी मत खसेको भन्दै विरोध गरेपछि विवाद सुरु भएको हो ।

उम्मेदवार र प्रतिनिधिहरुले नक्कली परिचयपत्रधारीले मतदान गरिएको भन्दै केही मतदान स्थलमा प्रदर्शन गरिरहेका छन् । अध्यक्षका प्रत्यासी कुल आचार्यको समूहले स्वच्छ र निष्पक्ष मतदानको ग्यारेन्टी नभए सम्मेलन नै बहिष्कार गर्ने चेतावनी समेत दिएको छ । 

अहिले भोटिङ मेसिनको सट्टा मतपत्र प्रयोग गरी मतदान जारी छ । गएराति विद्युतीय भोटिङ मेसिनबाट मतदान सुरु भएलगत्तै प्राविधिक समस्या आएको भन्दै मतदान स्थगित गरिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved