एनआरएनको सभ्यता: एयरपोर्टमा सिसा फुटाउने, होटेलमा कुर्सी तोड्ने

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 17, 2019 | 03:24:51 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा अहिले गैरअवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन जारी छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको एनआरएनएको अन्तराष्ट्रिय सम्मेलन तथा नवौ महाधिवेशनमा सहभागी प्रतिनिधिले देखाएको रवैया भने सम्झन लायक छैन । 

नेपालीको कार्यशैली, यहाँको राजनीति, स्वदेशको विकास पद्दती लगायतका यावत विषयमा सामाजिक सञ्जाल र अन्तराष्ट्रिय फोरममा निकै कटु आलोचना गर्ने एनआरएनएहरुले देखाएको तमासा पक्कै स्वभनीय थिएन । केही समयअघि मदिराले मातेर विमानभित्रै तमासा देखाएको आरोपमा अध्यक्ष भवन भट्ट नै विमानबाट ओरालिएका थिए । यसैको झल्को दिनेगरि महाधिवेशनमा सहभागी हुन आएका एनआरएनए प्रतिनिधि कोही एयरपोर्टको अध्यागमनमा नै तोडफोड गर्छन् भने कोही निर्वाचन स्थलमा कुर्सी हानाहान गर्छन् । 

उनीहरुको यस्तो हर्कतले अहिले सामाजिक सञ्जाल जुर्मुराएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुरु भएको गैरआवासीय नेपालीहरुको हर्कत होटल हायातसम्म कायम रह्यो । अझै निर्वाचन जारी नै रहेको कारण अन्तिम मतपरिणाम घोषणा नहुँदासम्म के के हुने हो, त्यो कल्पना गरिसाध्यै छैन ।

एयरपोर्टमै बितण्डा

संघको विश्व सम्मेलनमा भाग लिन आएका एक गैरआवासीय नेपालीले विमानस्थलमा बितण्डा मच्चाए । अष्ट्रेलियाका प्रतिनिधि रमेश थापा र उषाकिरण वरियाले विमानस्थलको अध्यागमन कक्षमा राखिएको डेक्सको सिसा नै फुटाए । 

विमानस्थलको अध्यागमनमा पूरा गर्नुपर्ने प्रक्रियाका लागि लाइनमा बसेका उनीहरुले सिस्टम नराम्रो भएको र लामो समय लाइनमा उभिनु परेको भन्दै हर्कत देखाएपछि प्रहरी लगाएर समातियो । थापालाई गलत हर्कतका लागि हौस्याउने उषाकिरण भने उम्किन सफल भईन । तर अध्यागमले दुवै जनालाई कारबाही गरेको छ । 

भौतिक रुपैम तोडफोड गरेका थापालाई ५० हजार र थापालाई हौस्याउने उषाकिरणलाई २५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । 

हायातमा हुलदंगा

सम्मेलन जारी रहेको काठमाडौँको हायात रिजेन्सी होटलमा हानाहानको स्थिती सिर्जना भएको छ । फर्जी मत खस्यो भन्दै केही प्रतिनिधि र उम्मेद्वारले सम्मेलन बहिष्कारको चेतावनी दिएपछि संघको आगामी नेतृत्वको लागि निर्वाचनमा होमिएका कुमार पन्त र कुल आचार्य पक्षका प्रतिनिधिहरुले हुलदंगा मच्चाए । नाराजुलुसमै उत्रिएका उनीहरुले कुर्सी समेत भाँचे । 

सामाजिक सञ्जाल एनआरएनएहरुको यो तमासाले अहिले निकै तातेको छ । केहीले विदेशमा बसेर नेपालीलाई गाली गर्नेहरुले आफ्नो ‘पारा’ सुधार गर्न सुझाव दिएका छने भने केहीले क्याम्पसमा हुने गरेको स्ववियु निर्वाचनमा जस्तो हर्कत देखाउनेलाई बुद्धिजीवि मान्न नसकिने प्रतिक्रिया दिएका छन् । विदेशमा बसेर एनआरएनएहरुले उच्च तहको संस्कार सिकेका छन् भनेर हिजोसम्म गरिएको विश्वास एकाएक च्युत भएको अधिकांश सामाजिक प्रयोगकर्ताको बुझाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved