एनआरएनएको मतदान सकियो, मतगणना केहिबेरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2019 | 06:11:36 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा मतदान प्रक्रिया सकिएको छ । कागजी प्रक्रियाबाट गरिएको मतदानमा ९१ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ। २५ सय ७० मतदाता रहेकोमा २३ सय ४० मत खसेको हो।   जसमा अफ्रीकाबाट १६, आवसीय बाट ४ सय ६२, मध्य पुर्वबाट ४ सय ७० , युरोपबाट ९ सय २० , अमेरिकाबाट २ सय ७१ र ओसियानाबाट २ सय ११ मत खसेको छ । 

मत गणना आजै केहि बेरमा सुरु हुने भएको छ ।

नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्य प्रतिस्पर्धामा छन् । यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माप्रतिस्पर्धामा छन् ।

  सङ्घको नयाँ नेतृत्व दुई वर्षका लागि निर्वाचित हुने गर्दछ ।

‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved