भोटिंङ मेशिनबाट किन भएन एनआरएनएको मतदान ? यस्तो छ भित्रि पाटो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2019 | 07:45:41 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन समितिले आफुले नै गरेको लिखित सम्झौता उल्लघंन गर्दा गैर आवासीय नेपाली संघको निर्वाचनमा भोटिंङ मेशिन प्रयोग हुन् नसकेको खुल्न आएको छ ।  मसिनको विकास गरेका राम रिमाल र लक्ष्मण रिमालले निर्वाचन समितिले सम्झौता उल्लघंन गरेको कारण भोटिंङ मशिन प्रयोग गर्न नसकिएको बताएका हुन् । 

मनोनयन दर्तापछि अन्तिम नामावली बुझाएको ८ घण्टापछि मात्र मतदान सुरु गर्ने र त्यस अवधिमा नमुना मतदान गर्ने सहमति भएकोमा निर्वाचन समितिले उक्त सम्झौता नै उल्लघन गरेको रिमाल दाजुभाईले बताएका हुन् 

एक विज्ञप्ति जारि गर्दै उनीहरुले विगतका २ निर्वाचनमा पनि यहि मशिन प्रयोग भएको र मशिनमा कुनै प्राविधिक समस्या नरहेको समेत स्पष्ट पारेका छन् ।  रिमाल दाजुभाईले आफुहरुले मशिनको नट समेत कस्न नभ्याएको तथा सोर्स कोड मागेर अर्को  तनाव दिएको समेत बताएका छन् 

हेर्नुस बिज्ञप्ति र सम्झौताको बुंदा : 

गैर आवासीय नेपाली संघको नवौं सम्मेलनको लागि विगतका २ पटक जस्तै यसपाली पनि हामीले नेपालमै तयार पारेको भोटिबमेशिन प्रयोग हुने भयो भनेर हामी दंग थियौं । यसपाली संघले हामीलाई प्रतिनिधि दर्ता गर्ने सफ्टवेयकोकाम समेत दिएको थियो । नयाँ काममा रमाउने हामीले त्यस सफ्टवेयरमा झण्डै १ महिनाको समय वितायौं ।

त्यस सफ्टवेयरको प्रयोगले ७ दिनसम्म एकदम बैज्ञानिक किसिमबाट प्रतिनिधि दर्ता गर्ने कार्य सम्पन्न गर्यौं । आश्विन २९ गते मतदानको कार्यक्रम थियो। मतदाता नामावली देखिनै ढिलो भएको प्रकृयाले उम्मेद्वारको नामावली प्रकाशनमा अत्यन्तै ढिलो भइरहेको थियो। बाहिर रहेका मतदाताको दवाव त्यत्तिकै रहेको र जसरी पनि आश्विन २९ गते नै निर्वाचन गराउन पर्ने भन्ने कुराले हामी लगायत हाम्रा प्राविधिक समुह अत्याधिक तनावमा थियौं ।

अझ बढ्ता तनाव त त्यतिखेर भयो, जब मेशिन तयार गर्दै गर्दा मेशिनकोसोर्स कोड चाहियोनत्र निर्वाचन हुन नदिने भनी एक

पक्षले प्राविधिक टोली पठायो । पहिल्यै ढिलो भइसकेको सेड्युलको झण्डै १ घण्टा त्यसैमा विताउनुपर्यो। प्राविधिक टोलिलाई सोर्स कोड दिन पनि हामी बाध्य भयौं । मेशिनमा प्राविधिक परीक्षण गरेर तयार पार्नको लागि समय चाहिन्छ भनेर हामीले सम्झौताकै बखतमा अन्तिम नामावलीको प्रमाणित प्रति न्युनतम्८ घण्टा (जसमा नामावली चढाउने, परिक्षण गर्ने, १०० नमुना मतदान गर्ने लगायतका कामहरु गर्नुपर्ने हुन्छ ) अघि दिनुपर्ने भन्नेप्रष्टै लेखेका थियौं । तर हामीले ३ घण्टा पनि समय पाएनाै ।




यस निर्वाचनमा यत्तिका हतारमा काम गर्न पर्ने वाध्यताले गर्दा न त निर्वाचन बाट आधिकारिक नामावली पाउन सक्यौं, न त काम गर्ने समय पनि । उम्मेद्वारकोनाम तस्विर राखिनसक्दै बाहिरको भिड थामिनसक्नु भयो र परीक्षण विनै मतदान शुरु गर्नु पर्ने वाध्यताले मेशिनको बट्टामा नट सम्म कस्न भ्याएनौ ।

मतदान शुरु गर्दा फोटो र नाममा समस्या देखिएको हो  उक्त समस्यालाई हामीले तुरुन्तै समाधान गरीे सोही ठाउँमा देखाईसकेका छौं । हामीले विकाश गरी पचासौं निर्वाचन सम्पन्न गरेकोभोटिबमेशिनमा आजसम्म कुनै प्राविधिक खरावी नरहेको समेत हामी संपूर्णमा जानकारी गराउन चाहन्छौं । यस घटनाले हामीलाई अझ अनुभवी बनाएको छ । विस वर्षदेखि आफ्नो समाजको लागि यी र यस्ता प्रविधिको विकाशमा लागिरहेका हामी कतिपनि विचलित नभइकन काम गर्ने प्रण समेत गर्दछौं । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved