हायात होटलमा एनआरएनको ताण्डबपछि लाठीचार्ज, पुर्व अध्यक्ष महतो घाइते (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2019 | 01:15:27 AM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली, एनआरएनए को जारि निर्वाचनमा मतगणनाको क्रममा होटल ह्यातमा लाठिचार्ज भएको छ। भिड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्दा जनसम्पर्क समिती स्विसका निबर्तमान अध्यक्ष राम महतो घाइते भएका छन।    

सम्पन्न मतदानको मतगणना शुरु हुनै लाग्दा एनआरएन प्रतिनिधिको नाराबाजी र हुलदंगा रोक्न प्रहरीले लाठीचार्ज गर्दा सम्मेलनका प्रतिनिधी महतो सहित अन्यपनि घाइते भएका छन।

कागजी प्रक्रियाबाट गरिएको मतदानमा ९१ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ। २५ सय ७० मतदाता रहेकोमा २३ सय ४० मत खसेको हो।   जसमा अफ्रीकाबाट १६, आवसीय बाट ४ सय ६२, मध्य पुर्वबाट ४ सय ७० , युरोपबाट ९ सय २० , अमेरिकाबाट २ सय ७१ र ओसियानाबाट २ सय ११ मत खसेको छ । मतपरिणाम शुक्रवार अवेरसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ।

नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्य प्रतिस्पर्धामा छन् । यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माप्रतिस्पर्धामा छन् ।सङ्घको नयाँ नेतृत्व दुई वर्षका लागि निर्वाचित हुने गर्दछ ।

‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved