एनआरएनएको अन्तिम मत परिणामः कसले कति भोट पाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2019 | 01:04:05 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तिम मतपरिणम सार्वजनिक भएको छ । संघको अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गर्दै उनी संघको नवौँ विश्वसम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । 

पन्त यसअघि २ कार्यकाल एनआरएनएको आईसीसि उपाध्यक्ष बनिसकेका थिए । विजयी पन्तले कुल १ हजार २१७ मत ल्याउँदा प्रतिस्पर्धी आचार्यले १ हजार ७० मत पाएका छन् । बिहिबार भएको मतदानमा कुल २ हजार ३४१ मत खसेको थियो।

त्यस्तै अध्यक्ष सहित अन्य पदमा समेत कुमार पन्त समर्थकको बर्चश्व देखिएको छ । उपाध्यक्षमा बद्री केसी रसिया, अर्जुन कुमार श्रेष्ठ बेल्जियम, सोनम लामा अमेरिका, मन केसी अष्ट्रेलिया, रविना थापा निर्वाचित भएका छन ।    

त्यस्तै महासचिवमा डा. हेमराज शर्मा अमेरिका, सचिवमा गौरी जोशी अमेरिका, सचिवमा आरके शर्मा कतार, कोषाध्यक्षमा महेश श्रेष्ठ, सह कोषाध्यक्षमा लोक दाहाल र निर्वाचित भएका छन ।

कसले कति भोट पाए ?






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved