१२ अर्ब लगानी भित्र्याउन काम शुरु गरिसक्यौँः अध्यक्ष पन्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 12:37:36 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले समृद्ध नेपाल निर्माणका निम्ति लगानी भित्र्याउन संस्था प्रतिबद्धताका साथ लागि परेको बताएका छन् । उनले एनआरएनएको तर्फबाट रु १२ अर्ब लगानी भित्र्याउने प्रतिबद्धताका साथ काम शुरु गरिएको जानकारी दिए ।

एनआरएन नवनिर्वाचित पदाधिकारीलाई सम्मान तथा बधाइ दिन आयोजित एक कार्यक्रममा अध्यक्ष पन्तले भने , “हामीले नेपाल सरकारसँग रु १२ अर्ब भित्र्याउने भनेर एमओयु पनि गरिसकेका छाँै, यो प्रतिबद्धता पूरा गर्नका लागि काम शुरु गरिसकेका छौँ ।” उक्त म्युच्युअल फण्डमा ९० प्रतिशत एनआरएनको लगानी रहने र बाँकी १० प्रतिशतमा पाँच प्रतिशत निजी क्षेत्र र अर्को पाँच प्रतिशत नेपाल सरकारको रहने अध्यक्ष पन्तले जानकारी दिए  ।

गैरआवासीय नेपालीले विदेशमा हासिल गरेको ज्ञान, सीप, पूँजी र लगानी नेपाल भित्र्याएर देशको विकास र समृद्धिका लागि सामूहिक लगानी बढाइने उनको भनाइ थियो । पछिल्लो समय एनआरएनले नेपालमा सामूहिक लगानीमार्फत २७ मेगावाटको तोर्दी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष मन केसीले दीर्घकालीन योजनासहित काम गर्ने बताउँदै यसअघि गरिएका प्रतिबद्धता कार्यान्वयन गरेरै छोड्ने प्रण गरे  । उपाध्यक्षद्वय सोनाम लामा र अर्जुनकुमार श्रेष्ठले सरकारले घोषणा गरेबमोजिम नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल पार्न सक्रिय भूमिका निर्वाह गर्ने बताए  । एनआरएनका महासचिव डा हेमराज शर्माले नवौँ विश्व सम्मेलनमा निर्वाचनको क्रममा उत्पन्न समस्याका कारण सङ्घको छविमा केही प्रश्न उठेको भए पनि त्यसलाई छिटपुट घटनाको रुपमा लिन आग्रह गरे  । सचिव आरके शर्मा, सहकोषाध्यक्ष लोक दाहाल र अमेरिका महिला क्षेत्रीय संयोजक उमा कार्की थापाले श्रमिक मजदूरको पक्षमा लागिपर्ने बताए  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved