दशैँमा एमआई मोबाईल किन्दा भारी छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2019 | 04:44:01 PM मा प्रकाशित

laxmi  sunrise bank

शाओमी, ग्लोबल टेक्नोलोजीले दशैं अफर सार्वजनिक गरेको छ । दशंैको अवसरमा शाओमीले एमआई प्रयोगकर्ताहरुका लागि स्मार्टफोनमा ५ वटा विशेष सप्र्राइज ल्याएको छ । 

ग्राहकहरुले अब शाओमीको नयाँ स्मार्टफोन रेडमी ७, रेडमी वाई ३, रेडमी रेडमी नोट ७, एमआई ए३ र रेडमी ७ ए किन्दा आकर्षक अफर पाउने कम्पनीले जनाएको छ ।

ग्राहकले १९ हजार ९९९ मा रेडमी नोट ७ (३ जीबीप्लस ३२ जीबी) खरिद गर्दा २ हजारको फ्ल्याट छुट पाउने छन् । शाओमीले नेपालमा एमआई ए३ (४ जीबीप्लस ६४ जीबी) र (६ जीबीप्लस १२८ जीबी) २३ हजार ९९९ र २७ हजार ९९९ मा उपलब्ध गराएको छ । रेडमी ७ए (२ जीबीप्लस ३२ जीबी) १० हजार ९९९ मा उपलब्ध हुने जनाईएको छ । 

ग्राहकहरुले रेडमी ७(२ जीबीप्लस १६जीबी) र (३ जीबीप्लस ३२जीबी) तेसै गरि रेडमी वाई ३  (३ जीबीप्लस ३२ जीबी) र (४ जीबीप्लस ६४ जीबी) मा १ हजार छुट पाउने छन् ।

यी अफरहरु सम्पूर्ण अफलाइन स्टोर, दराज डट कम डट एनपी र सस्तोडिल मा उपलब्ध हुनेछ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved