बिजी मलमा ‘यमाहा फ्यान्टास्टिक दशैं तिहार योजना’, यस्ता छन् अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2019 | 03:32:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ बसपार्कस्थित बिजी मलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ । ‘यमाहा फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार’ योजनाबाट सेवाग्राहीले हरेक दिन कुनै न कुनै उपहार पाउने छन् ।

मलका निर्देशक राजु गिरीका अनुसार सप एण्ड वीन उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिने गिरीले जानकारी दिए ।

बम्पर उपहारमा गोलाप्रथाबाट ३ जनाले जनाले यमाहाको एफजेड मोटरसाइकल, यमाहा रे जेड स्कुटर तथा ४ रात ५ दिनको बैंकक ट्रिपको उपहार जित्न सक्ने मेला संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए । 

यो अफर अन्तर्गत ग्राहकले दैनिक रुपमा १ हजार रुपैयाँको सपिङ भौचर, लन्च कुपन तथा मुभी टिकट प्राप्त गर्नसक्ने छन् । त्यसैगरी, साप्ताहिक रुपमा ३२ ईञ्चको सिजिको एलईडी टेलिभिजन, सिजि वासिङ मेशिन, र सिजि ग्यास एण्ड इलेक्ट्रिक हिटर, सिजि इलेक्ट्रिक ओभनतथा साउण्ड बार उपहारको रुपमा पाउन सक्छन् ।

असोज २ गतेदेखि सुरु भएको यो योजना आगामी कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved