मुन्चा डटकमको दशैँ अफर: व्हिस्की र खसीको बिशेष प्याकेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 10:39:36 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैँको अवसर विभिन्न अनलाइन सपिंङ साइटहरुले ग्राहकको लागि आकर्षकको अफर लिएर आएका छन् । यसै क्रममा नेपालको पहिलो अनलाइन सपिंग साइट मुन्चा डटकमले पनि ६४ प्रतिशतसम्म छुट सहितका अफरहरु ल्याएको छ ।

मुन्चाले जिउँदो खसी र बोका नै बिक्रिमा राखेको छ । मुन्चाले २०, २५ र ३० किलोको खसीबोका बिक्रिमा राखेको हो । ग्राहकले अनलाइनबाट नै खसी अर्डर गर्न सक्ने छन् र मुन्चाले उक्त खसी ग्राहकको घर मै पुर्याईदिने छ । ग्राहकले यसको डेलीभरी खर्च भने तिर्नु पर्ने छ । अन्य समानहरु कुरियर सेवा पुगेको नेपालको जुनसुकै स्थानमा पुर्याउने भए पनि कम्पनीले खसी भने उपत्यका भित्र मात्र डेलीभरी गर्ने जनाएको छ । जिउँदो खसी बोका मात्र नभएर र कम्पनीले 'फ्रोजन मिट' पनि बिक्रि मा राखेको छ  । खसी बोकाको खरिदमा रक्सी र बियरओ विशेष प्याकेज समेत समाबेश छ  ।

त्यस्तै मुन्चाले दशैँको अवसरमा मिनिसो कम्पनीको उपहार हरुपनि बिक्रिमा राखेको छ । हिन्दु देवि देवताहरुको ढलोटले बनेको मुर्तिहरु पनि कम्पनीले बिक्रिमा राखेको छ  । कम्पनीले लत्ताकपडा, किचेन सामग्री, बच्चाहरुको सामग्री र अन्य घरायसी सामग्रीहरुमा विशेष छुट प्रदान गर्ने जनाएको छ  ।

कम्पनीबाट सामान अर्डर गर्दा ग्राहकले बैंकहरुको डेबिट तथा क्रेडिट कार्डबाट पैसा तिर्न सक्ने छन् । त्यस्तै ईसेवा मार्फत वा बैंक डिपोजिट गरेर पनि ग्राहकले पेमेन्ट गर्न सक्ने छन् । कम्पनीको डेलिभरी चार्ज भने सामानको प्रकृति र सामान पुर्याउनु पर्ने दुरी हरेर तय हुने छ । न्यूनतम डेलिभरी चार्ज भने ७५ रुपैयाँ रहेको छ । कम्पनीले उपत्यका भित्र २४ घण्टा भित्र नै डेलिभरी गर्ने गरेको जनाएको छ । 

यहाँ क्लिक गरेर कम्पनीको अफरहरु हेर्न सकिन्छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved