इसेवाको चाडपर्व योजनाः लेखनाथले जिते ‘यामाहा एफ जेड’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2019 | 06:18:45 PM मा प्रकाशित

laxmi  sunrise bank

इसेवाको चाडपर्व लक्षित योजनाको बिजेतालाई पुरस्कार वितरण गरेको छ । ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ नामक योजनाका बिजेतालाई पुरस्कार प्रदान गरिएको हो ।

बम्पर उपहार बिजेता मकवानपुरका लेखनाथ पौडेललाई यमाहाको एफ जेड एस एफ आइ भि थ्रि मोटरसाइकल र अर्को बम्पर उपहार बिजेता काठमाडौ रामकोटका किरण घलेलाई एक साताको लागि एक जोडिलाई दुवई ट्रिपको प्याकेज हस्तान्तरण गरिएको छ । 

इसेवाको यस उपहार योजनामा ३ सय ५० जनाले विभिन्न भाग्यशाली उपहार जित्न सफल भएका छन् । ६ हप्तासम्म सञ्चालन भएको उपहार योजनामा हरेक हप्ता ५८ जना व्यक्तिले विभिन्न उपहार जित्न सफल भएका थिए । सिजिका टेलिभिजन ६ जनाले, भायानेटको इन्टरनेट ३ जनाले तथा चियर्सको गिफ्ट भौचर ६ जनाले जित्न सफल भएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved