काम सुरु गर्न कार्यालय खोज्दै नागरिक लगानी कोषको स्टक डिलर कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 09:11:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषले दर्ता गरेको  'नागरिक स्टक डिलर कम्पनी लिमिटेड’ ले काम सुरु गर्नको लागि कार्यालयको खोजि थालेको छ ।   कम्पनीले कार्यालय प्रयोजनको लागि नयाँ बानेश्वरबाट ५०० मिटर वरपरसम्म घर वा फ्ल्याटको खोजि गरेको हो ।   

कम्पनीले उक्त स्थानमा रहेको घर वा फ्ल्याट भाडामा दिन इच्छुक भए ७ दिन भित्र समय अवधि, भाडा, विस्तृत विवरण खुलाई प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।  

नागरिक लगानी कोषले ५ अर्ब चुक्ता पुँजी भएको स्टक डिलर कम्पनी दर्ता गराएको हो ।  कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत शेयर स्मामित्व रहेको छ भने नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को ९ प्रतिशत शेयर रहेको छ ।  कम्पनीमा सर्वसाधारण लगानीकर्ताको ३० प्रतिशत शेयर रहने छ । 

वित्तीय क्षेत्र विकास रणनीतिमा पूँजी बजारको विकासका लागि भएका कार्यक्रम कार्यान्वयनको क्रममा कोषले स्टक डिलर कम्पनी खोलेको हो । कम्पनीले शेयर बजारमा लगानी गर्ने गर्ने र बजारलाई सन्तुलनमा राख्ने विश्वास गरिएको छ। कम्पनीले  नाफा मात्रै आर्जन गर्ने भन्दा पनि बजारलाई सन्तुलनमा राख्नको लागि बजार धेरै घट्दा शेयर उठाउने र बजार धेरै बढ्दा शेयर बेच्ने गरी काम गर्ने बताईएको छ। अर्थ मन्त्रालयले पनि कोषलाई स्टक डिलर कम्पनी खोल्न भन्दै आएको थियो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved