कहिले खुल्छ शेयरबजार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2020 | 01:17:12 PM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउन खुकुलो भएसंगै आम लगानीकर्तामा शेयर बजार खुल्छ कि खुल्दैन भन्ने चासो बढेको छ । सरकार बैंक, बीमा सहितका विभिन्न आर्थिक क्रियाकलाप सुचारु गर्ने निर्णय गरेसंगै बजारबारे आम लगानीकर्ता र सरोकारवालाको चासो बढेको हो 

नेपाल धितोपत्र बोर्डले शेयर बजार संचालनको लागि आवश्यक तयारी गरिरहेको जनाएको छ  वोर्डको वार्षिकोत्सवको अवसरमा अर्थमन्त्रीले समेत आवश्यक तयारी गर्न निर्देशन पनि दिएको र लकडाउन पनि खुकुलो भएकोले बजार संचालनबारे तयारी गरिरहेका जनाएको हो 

बोर्डका प्रबक्ता निरज गिरीले सरकारले बोर्डलाई नै बजार संचालन गर्ने जिम्मेवारी दिएकोले निर्देशन अनुसार अगाडी बढ्ने बताए । लकडाउन खुकुलो बनाउने जानकारी आएको भएपनि सरकारको औपचारिक निर्णय आईनकेकोले निर्णय आएपछि सोहि अनुसार अगाडी बढ्ने प्रबक्ता गिरीले बताए 

उनले सरकारको औपचारिक निर्णय आएपछि नेप्से, मन्त्रालयका साथै सम्बद्ध सबै पक्षसँग  छलफल गरि बजार संचालनबारे निर्णय लिईने बताए । त्यस्तै छलफलपछि नै कुन मोडालिटीमा बजार खोल्ने, के के अतिरिक्त ब्यबस्था गर्ने, कति समय खुल्ने लगायतको विषय टुंगो लाग्ने उनले बताए । सरकारको औपचारिक निर्णयमा शेयर बजारबारे केहि आएमा सोहि अनुसार अगाडी बढ्ने र केहि नआएको खण्डमा बोर्डले छलफल गरेर अगाडी बढ्ने उनले बताए ।  

नेपाल स्टक एक्सचेन्ज नेप्सेले लकडाउन अवधि कायम नै रहेकोले जेठ ३२ गते सम्म बजार बन्द गर्ने निर्णय गरेको थियो । तर अब लकडाउन खुकोलो भएकोले बजार खुल्ने सम्भावना छ । अर्थमन्त्री पनि शेयर बजार खुलाउनु पर्ने पक्षमा रहेको र नेप्से, ब्रोकर, लगानीकर्ताहरुले पनि बजार खुल्नु पर्ने बताएकोले  बजार खुल्ने सम्भावना बढेको हो । यस अघि लकडाउन कै बीचमा पनि २ दिन शेयरबजार संचालन भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved