सरकारलाई सर्वोच्च अदालतको प्रश्न 'शेयर बजार किन नखुलाएको?'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2020 | 09:53:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले शेयर बजार संचालन नगरिएको विषयमा सरकारको नाममा कारण देखाउ आदेश जारि गरेको छ । न्यायधीश हरिकृष्ण कार्कीको एकल इजलाशले  आइतबार  सरकारको  नाममा  कारण  देखाउ आदेश जारि गरेको  छ  ।

अधिवक्ताद्वय रपिश पोखरेल र हरिप्रसाद दाहालले लकडाउन सुरु भएपछि बन्द भएको सेयर कारोबार खुला हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।  रिटमा  लामो समय सेयर कारोबार बन्द हुँदा पेशा गर्ने नैसर्गिक अधिकार हनन भएको र पेशाकर्मीहरुको रोजीरोटीमा पनि समस्या भएकोले बजार खुलाउन आदेश जारी हुनुपर्ने माग गरिएको थियो । रिटमा अनेक बाहनामा लामो समय बन्द गरिनु नाजायज हुने उल्लेख छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड अनि नेपाल स्टक एक्सचेञ्जलाई विपक्षी बनाइएको छ ।  ऐनमा ५ दिनभन्दा बढी बन्द गर्न नमिल्ने तर  दुई महिनादेखि कारोबार बन्द भएकोले बजार खुल्नको लागि आदेश माग गरिएको थियो । 

अदालतले दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved