मौद्रिक नीति नआउँदासम्म शेयर बजार नखुल्ने सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2020 | 10:42:41 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयर कारोबार अनिश्चितकालको बन्द भएपछि नियामक निकायहरुको आलोचना हुन थालेको छ । लकडाउन खुकुलो भएर अन्य आर्थिक क्रियाकलाप सुचारु हुँदापनि बजार बन्द गरेको भन्दै नियामकको आलोचना बढेको हो  

नेपाल स्टक एक्सचेन्ज नेप्सेले शनिवार एक सूचना जारि गर्दै धितोपत्र बोर्डबाट अर्को निर्देशन जारि नभएसम्मको लागि बजार बन्द हुने जनाएको हो  । तर धितोपत्र बोर्डले भने २ वटा ब्यबस्था नभएसम्म बजार नखोल्ने जनाएको छ  । लकडाउनपछिको अवस्थामा यथास्थितिमा बजार खोल्दा लगानीकर्ता 'प्यानिक' हुने भएकोले केहि नीतिगत ब्यबस्था नभएसम्म बजार नखोल्ने बोर्डले जनाएको हो  ।

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बजार सुचारु गर्नको लागि २ वटा नीतिगत ब्यबस्था गरिदिन राष्ट्र बैंकमा आग्रह गरिएको बताए । कोरोना महामारीको धितोपत्र बजारमा परेको असर, लगानीकर्ताहरुको बजार सुधार सम्बन्धी माग तथा हालको विषम परिस्थितिमा बजारको माग पक्षलाई समेत सम्बोधन हुने गरी बजार सञ्चालन गर्नुपर्ने भएकोले राष्ट्र बैंकमा नीतिगत ब्यबस्थाको लागि आग्रह गरिएको अध्यक्ष ढुंगानाले बताए 

उनका अनुसार बोर्डले 'बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने कर्जामा शेयरको मूल्यांकनको ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने र मार्जिन कलको हकमा बैंक तथा वित्तीय संस्था स्वयंले मूल्य अनुगमन गर्ने व्यवस्था रहेकोमा शेयर धितोमा कर्जा प्रवाह गर्दा शेयरको मूल्यांकनको ७५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने र १० प्रतिशत भन्दा बढी मूल्य घटेको अवस्थामा मात्रै मार्जिन कल गर्ने व्यवस्था' गरिदिन राष्ट्र बैंकमा  आग्रह गरिएको बताए 

त्यस्तै 'विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमा नरहने व्यवस्था गर्न' पनि आग्रह गरिएको उनले बताए । यी २ ब्यबस्था नभएसम बजार नखुल्ने उनले बताए । उनले राष्ट्र बैंकले यी ब्यबस्था गरिदिने प्रतिबद्धता पनि जनाएको बताए 

तर यी ब्यबस्था कहिले होला भन्ने अन्योल कायम नै छ । राष्ट्र बैंकका एक उच्च अधिकारीले यी विषय छलफल मै रहेकोले कहिले यी ब्यबस्था लागु हुन्छ भन्ने यकिन भन्न नसकिने बताएका छन् । ति अधिकारीले भने ' राष्ट्र बैंकले एक-एकको मागमा हरेक दिन सर्कुलर जारी गरेर बस्दैन, नीतिगत ब्यबस्था गरिनुको लागि बोर्डबाट निर्णय हुनु पर्छ, यसको छुट्टै प्रक्रिया हुन्छ, भन्ने बित्तिकै कुनै नीतिगत निर्णय हुदैन' 

नीतिगत ब्यबस्थाहरु मौद्रिक नीति बाट आउने भएकोले यी माग मौद्रिक नीति बाट नै सम्बोधन हुन सक्ने उनले बताए । यसैलाई देखाएर बजार बन्द गरिनु दुखद रहेको उनी बताउछन् । उनी भन्छन् ' बजार संचालन गर्ने बोर्डले हो, राष्ट्र बैंकले होइन, राष्ट्र बैंकलाई देखाएर बजार बन्द गर्नु गलत छ' ।

अहिलेको विषम परिस्थितिमा अन्यले पनि आफ्ना विभिन्न माग पेश गरेको तर त्यसलाई नै देखाएर आर्थिक क्रियाकलाप ठप्प नपारेको उनी बताउछन् । उनले भने ' उद्योगीले पनि ब्याजदर ८ प्रतिशत कायम गर्नु पर्यो भनेका छन्, तर ८ प्रतिशत ब्याज कायम नभएसम्म उद्योग बन्द गर्छौ भनेर बसेका छैनन्, नीतिगत ब्यबस्था हुन समय लाग्छ, आफ्नै प्रक्रिया छन्, त्यसलाई देखाएर बजार बन्द गर्नु हुन्' । उनले धितोपत्र बोर्डले राखेका विषय तत्काल सम्बोधन पनि हुन् सक्ने र मौद्रिक नीतिले पनि सम्बोधन गर्न सक्ने भएकोले अहिले नै केहि भन्न नसकिने बताए । 

बोर्डको अडान यथावत नै रहेमा र राष्ट्र बैंकले यी ब्यबस्था मौद्रिक नीति मार्फत मात्र गर्ने निर्णय गरेमा मौद्रिक नीति नआउँदासम्म बजार बन्द नै हुने हुने सम्भावना बढेको छ । 

यो पनि : 

ऐन विपरित शेयर बजार अनिश्चितकालको लागि बन्द, यस्तो छ कानुनी ब्यबस्था

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved