मेरोशेयरमा किन देखाएन एनआईसी एसिया लघुवित्तको आईपिओ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2020 | 10:43:18 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्तले निष्काशन गरेको आईपिओको विवरण मेरो शेयरमा नदेखाउंदा लगानीकर्ता अन्योलमा परेका छन् । आईपिओ खुलेको दिनको १० बजेदेखि नै शेयरमा आवेदन दिन मिल्नु पर्ने भएपनि एनआईसी एसिया लघुवित्तको हकमा यो समाचार तयार पार्दासम्म शेयर भर्न मिलेको छैन  ।

सिडीएस स्रोतका अनुसार बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आईपिओको लागि सेटअप गर्दा केहि प्राविधिक समस्या भएकोले यस्तो भएको हो  । सानिमाले नयाँ सीआश्वाको सिस्टम आएपछि पहिलो पटक बिक्रि प्रबन्धकको कार्य गरेको र सेटअप गर्दा केहि प्राविधिक समस्या देखिएको स्रोतले जनाएको छ । केहि समय मै यो समस्या समाधान हुने र लगानीकर्ताले शेयरमा आवेदन दिन सकिने सिडीएसले जनाएको छ  । 


अपडेट (१०:४० बजे) : समस्या समाधान भएको छ 

कम्पनीले आजबाट  ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गरेको हो  । जस मध्ये ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ  ।  बाँकि ४४ लाख ४३ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । कम्पनीको आईपिओमा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सकिने छ  । लगानीकर्ताले असार १४ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन्  

यस अघि निष्काशन भएका आईपिओमा आवेदन दिनेको संख्या हेर्दा यस आईपिओमा पनि उच्च माग हुने देखिन्छ  । तर  आईपिओको बाँडफांड गर्ने क्रममा पहिले सबैलाई १० कित्ता वितरण गरिने छ भने बाँकि रहेको शेयर पुगेसम्म थप १० कित्ता र नपुगेमा गोलाप्रथाबाट निश्चित लगानीकर्तालाई थप १० कित्ता वितरण हुने छ  । यस हिसाबमा कम्पनीको आईपिओमा न्युनतम २० कित्ता आवेदन दिनु उचित देखिन्छ  । यद्यपि लकडाउनको कारण धेरै आवेदन नपर्ने आंकलन पनि केहिले गरेका छन्  । त्यसो भएमा आवेदन दिने सबैले २० कित्ता शेयर पाउने सम्भावना पनि रहन्छ 

 यो बजारमा आउँन लागेको लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आईपीओ हो। कम्पनीले शेयर निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । लघुवित्तले चालु आर्थिक वर्ष २०७६।७७ को तेस्रो त्रैमाससम्म १९ करोड ४८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । 

यो पनि : 

एनआईसी एसिया लघुवित्तले कहाँ खर्च गर्छ आईपिओबाट उठेको ४७ करोड रकम ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved