नागरिक लगानी कोषको स्टक डिलर कम्पनीले नेप्सेमा दियो निवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2020 | 04:13:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषको स्टक डिलर कम्पनीले संचालन अनुमतिको लागि प्रक्रिया अगाडी बढाएको छ ।  कम्पनीले आज बुधबार सिफारिस पत्र पाउँ भन्दै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा निवेदन दिएको हो  । 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले निवेदन आएको बताएका हुन्  । उनले आवश्यक कागजपत्र हेरेर सबै विवरण सहि रहेमा छिट्टै सिफारिस गर्ने बताए  । उनका अनुसार बोर्ड बैठकबाट निर्णय गर्नु पर्ने भएकोले ढिला नगरी १-२ दिन मै सिफारिस गर्ने बताए  ।  

नेप्सेले सिफारिस गरेपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा अनुमतिको लागि आवेदन दिने छ  । बोर्डले यस अघि नै कम्पनीलाई अनुमति प्रक्रिया शिघ्र अगाडि बढाउन निर्देशन दिएको थियो । नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजी बजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले कम्पनी स्थापना भएको हो ।

नागरिक लगानी कोषले ५ अर्ब चुक्ता पुँजी भएको स्टक डिलर कम्पनी स्थापना गरेको हो ।  कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत शेयर स्मामित्व रहेको छ भने नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को ९ प्रतिशत शेयर रहेको छ ।  कम्पनीमा सर्वसाधारण लगानीकर्ताको ३० प्रतिशत शेयर रहने छ । 

वित्तीय क्षेत्र विकास रणनीतिमा पूँजी बजारको विकासका लागि भएका कार्यक्रम कार्यान्वयनको क्रममा कोषले स्टक डिलर कम्पनी खोलेको हो । कम्पनीले शेयर बजारमा लगानी गर्ने गर्ने र बजारलाई सन्तुलनमा राख्ने विश्वास गरिएको छ। कम्पनीले  नाफा मात्रै आर्जन गर्ने भन्दा पनि बजारलाई सन्तुलनमा राख्नको लागि बजार धेरै घट्दा शेयर उठाउने र बजार धेरै बढ्दा शेयर बेच्ने गरी काम गर्ने बताईएको छ। अर्थ मन्त्रालयले पनि कोषलाई स्टक डिलर कम्पनी खोल्न भन्दै आएको थियो । 

कम्पनीले कार्यालय प्रयोजनको लागि घर वा फ्ल्याट भाडामा लिनको लागि २ पटक सूचना निकालिसकेको छ  । कम्पनीले नागरिक लगानी कोषको केन्द्रीय  कार्यालय,  नयाँ बानेश्वरबाट ५०० मिटरसम्मको क्षेत्रभित्र कार्यालय खोजेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved